प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच फोनवार्ता
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज फोनवार्ता भएको छ। भारतको ७४औँ स्वतन्त्रता दिवसको दिन आज प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीसँग ११ मिनेट फोनवार्ता गरेका परराष्ट्र मन्त्रालय स्रोतले बतायो।
उनीहरूबीच कोरोना रोकथाम र नियन्त्रणका लागि आ–आफ्नो देशले गरेका कामका विषयमा अनुभव आदाप्रदान भएको छ। कोरोना नियन्त्रणमा मिलेर जाने विषयमा ओली र मोदीबीच कुराकानी भएको परराष्ट्रले जनाएको छ। भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिए। मिर्गौला प्रत्यारोपणपछिको स्वास्थ्यकाबारे मोदीले चासो देखाएका थिए। सम्वादलाई निरन्तरता दिने विषयमा समेत उनीहरूबीच समझदारी भएको छ। कुराकानीमा भारतीय प्रधानमन्त्री मोदीले सीमा समस्यालाई समेत मिलाएर अघि बढ्नुपर्ने संकेत गरेका थिए। यसअघि प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत् पनि भारतीय प्रधानमन्त्री मोदी र त्यहाँका जनतालाई बधाई तथा शुभकामना दिएका थिए। दुई देशबीच सीमाको विषयमा विवाद उत्पन्न भएपछि लामो समय प्रधानमन्त्री तहमा कुराकानी हुन सकेको थिएन। भारतले नेपाली भूमि लिपुलेक–लिम्पियाधुरा जोड्ने सडक बनाएपछि प्रधानमन्त्री तहको सम्वाद भएको थिएन। नेपालले कूटनीतिक नोटमार्फत् आपत्ति जनाएपनि भारतले यसको जवाफ दिएन।
पछि नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरालगायत मिचिएको आफ्नो भूमि समेटेर राजनीतिक र प्रशासनिक नक्शा जारी गरेको थियो।
Comments
अरु समाचार
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...