महात्मा गान्धीको चश्मा २.५५ करोडमा लिलामी
एजेन्सि । महात्मा गान्धीको एक चश्मा २ करोड ५५ लाख भारुमा लिलाम भएको छ ।
सो चश्मा अमेरिकाका एक व्यक्तिले किनेका हुन् । भनिन्छ यो चश्मा गान्धीलाई उनका हजुरबुवाले दिएका थिए, जतिबेला उनी दक्षिण अफ्रिकामा काम गर्दथे । यो १९१०–१९३० तिरको कुरा हो ।
लिलामी एजेन्सी इस्ट ब्रिस्टल अक्सनका अनुसार ३ अगस्टमा यो चश्मा एक सेतो खामभित्र फेला परेको थियो, जसलाई कुनै व्यक्तिले छोडेका थिए ।
अक्सन कम्पनीका एन्ड्र्यु स्टोले भने, ‘कुनै एक व्यक्तिले शुक्रबार राति यो चश्मा हाम्रो लेटरबक्समा राखिदिएका थिए । यो चश्मा सोमबारसम्म लेटरबक्सभित्रै रह्यो । त्यससँगै एक चिठी पनि थियो । त्यसमा लेखिएको थियो– यो महात्मा गान्धीको चश्मा हो ।’
त्यसपछि लेटरबक्समा चश्मा राखिदिने व्यक्तिलाई सम्पर्क गरियो । त्यसपछि त्यो चश्मा लिलामीमा राखियो ।
२ करोड ५५ लाखमा बिक्री भएपछि चश्माका मालिक खुसी भएका छन् । कमजोर आर्थिक अवस्थाका उनले यो रकम आफ्नो छोरीसँग बाँड्ने बताएका छन् ।
Comments
अरु समाचार
-
राष्ट्रपति समक्ष पाँच राजदूतको शपथ
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालयमा...
-
लगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूतिको सम्झौता
काठमाडौं । नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूतिको सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार...
-
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१औँ जन्मजयन्ती
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको १०१औँ जन्मजयन्ती हो । नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विभिन्न...
-
रविसहितका पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बयान सुरु
गण्डकी: सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बयान सुरु...
-
बार र कानुन व्यवसायी सक्षम भए न्यायालयलाई खबरदारी हुनेछः सर्वोच्च न्यायाधीश फुयाँल
विराटनगर । सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलले बार र कानुन व्यवसायी सक्षम हुनु पर्नेमा जोड दिनु भएको छ । '६९...
-
कुलपतिको अग्रसरतामा त्रिविसभाको अनौपचारिक बैठक सम्पन्न
काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अग्रसरतामा त्रिभुवन विश्वविद्यालयमा देखिएका विविध समस्या र सुधारका विषयमा विश्वविद्यालयसभाको अनौपचारिक बैठक...
-
प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि छानबिन थाल्ने र हाजिर हुन नदिने मेयर बालेनकाे तयारी
काठमाडौं। छानबिनको दायरामा रहेको काठमाडौंको पुरानो बसपार्कस्थित काठमाडौं भ्यूटावरको नक्सापास हठातमा स्वीकृत गरेपछि काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद गुरागाईं...
-
राजनीतिक स्थायित्वका लागि वर्तमान सरकारः नेता डा कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकार राजनीतिक स्थायित्वका लागि बनेको बताएका छन् । नेपाल प्रेस युनियन...
-
वर्तमान सरकारलाई असफल हुने छुट छैन : एमाले महासचिव पोखरेल
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राजनीतिक अस्थिरतालाईसमाप्त पार्न नेपाली कांग्रेससँग सहकार्य गर्नु परेको बताउनुभएको छ । नेपाल...