ताजा समाचार

गृहमन्त्री बादल सवार हेलिकप्टर पोखरामा आकस्मिक अवतरण

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ७, ८ र ९ मा गएको बाढीमा ज्यान गुमाएका ८ जनाको परिवार र प्रभावितलाई राहत लिएर गएको टोली सवार हेलिकोप्टर पोखरामा रोकिएको छ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’को नेतृत्वमा सांसद देवेन्द्र पौडेल, राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल लगायतको टोली नेपाली सेनाको हेलिकप्टरमा बिहीबार बिहान काठमाडौंबाट बागलुङतर्फ गएको थियो ।

तर, खराब मौसमका कारण स्याङ्जासम्म पुगेर गृहमन्त्री थापासहितको टोली पोखरा फर्किर्एको हो । मौसम खुलेपछि पुनः बागलुङ जाने तयारी गरिएको गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले बताए ।

गृहमन्त्री थापासहितको टोली यसअघि पनि राहत लिएर सिन्धुपाल्चोक र अछामको बाढी प्रभावित क्षेत्रमा पुगिसकेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org