सीमा क्षेत्रमा निर्मित भवन चिनियाँ भूभागमै बनेकाे हाे: परराष्ट्रमन्त्री ज्ञवाली
काठमाडाैँ । नेपाल सरकारले हुम्लास्थित नेपाल-चीन सीमा क्षेत्रमा बनेको भवन चिनियाँ भूभागमै बनेको जनाएको छ।
सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न बुधबार आयाेजित नियमित पत्रकार भेटघाटमा नेपाल चीनबीच सीमा समस्या नरहेकाे बताए।
२०७३ सालमा बनेको अन्तर मन्त्रालय टोलीले सो भवन चिनियाँ भूभागमै बनेकाे भनेर प्रतिवेदन दिएको उनले जानकारी दिए।
‘२०७३ सालमा पनि यस्तै समाचारहरु आएपछि त्यस बेलाको सरकारले अन्तर मन्त्रालय टोली निर्माण गरेर अध्ययन गराएको थियो। त्यसले ती भवनहरु चीन क्षेत्रमा एक किलोमिटर भित्र बनेको प्रतिवेदन दिएको थियो’ ज्ञवालीले भने, ‘यस्तो संवदेनशील विषयमा समाचार प्रकाशित गर्नुअघि त्यस सम्बन्धित विभागहरुमा बुझ्न आग्रह गर्दछु। नेपाल र चीनबीच सीमा विवाद छैन।’
ज्ञवालीले त्यस समयमा गृह, परराष्ट्र र भूमी व्यवस्था मन्त्रालयकाे टोली निर्माण भएको बताए।
उनले अहिले हुम्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वको टोली स्थलगत भ्रमणमा रहेको र सो टोलीले कुनै नयाँ कुरा ल्याए त्यस विषयमा जानकारी गराउने बताए।
Comments
अरु समाचार
-
आज कांग्रेस बैठकः बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने
काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्ने भएको छ। शुक्रबार शुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल गर्न...
-
‘झलनाथ खनालले संसदीय दल फुटाउँदै छन् भन्ने सुनियोजित प्रचार गरियो’
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफ्नो नेतृत्वमा पार्टी फुटाउन लागिएको भनेर सुनियोजित रुपमा हल्ला फैलाइएको...
-
सुहाङले लिए प्रतिनिधिसभा सदस्यको शपथ
काठमाडौं । नेकपा (एमाले)का नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार सिंहदरबारस्थित कृषि समितिको...
-
देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । देउवाले आफ्नो निवास बुढानीलकण्ठमा दिउँसो २...
-
एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे निर्वाचित
काठमाडाैँ । नेकपा एमाले ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्बाहाम्फे निर्वाचित भएका छन्। मंगबार सम्पन्न पार्टीको १२औं जिल्ला अधिवेशनले उनलाई निर्वाचित गरेको...
-
पार्टी विभाजनविरुद्ध अदातल जाने तयारीमा जसपा, ११ बजे पत्रकार सम्मेलन गर्दै
काठमाडौं । पार्टी विभाजन भएप्छि पहिलोपटक आज जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ । पार्टी केन्द्रीय...
-
सुहाङ नेम्वाङले आज शपथ लिँदै
काठमाडौं। गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा विजयी नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले आज शपथ...
-
पार्टी विभाजनविरुद्ध अदालत जाने तयारीमा जसपा नेपाल
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल आज बुधवार पार्टी विभाजनविरुद्ध अदालत जाने तयारीमा छ । पार्टी...
-
सुहाङले बुधबार बिहान सांसद पदको शपथ लिँदै
काठमाडौं । गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा विजयी नेकपा एमालेका सांसद सुहाङ नेम्बाङले बुधबार...