ताजा समाचार

काठमाडौंमा ६३३ सहित उपत्यकामा थपिए ८०९ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८०९ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६३३, भक्तपुरमा ७२ र ललितपुरमा १०४ कोरोना संक्रमित थपिएका छन् ।

जसअनुसार काठमाडौंमा २३० महिला र ४०३ पुरुष, भक्तपुरमा २१ महिला र ५१ पुरुष, ललितपुरमा ४३ महिला र ६१ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

शनिबार काठमाडौंमा ५८३, भक्तपुरमा ६३ र ललितपुरमा ७८ गरी ७२४ कोरोना संक्रमित थपिएका थिए ।

देशभर पछिल्लो २४ घण्टामा एक हजार ५७३ संक्रमित थपिएका छन् भने १० जनाको मृत्यु भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org