भागबन्डा मिलेपछि तीन विश्वविद्यालयले उपकुलपति पाए
काठमाडाैँ । सरकारले तीन विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेको छ।
पोखरा विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर प्रेमनारायण अर्याल नियुक्त भएका छन्। अर्यालले बुधबार नियुक्ति बुझेका हुन्।
नेपाल संस्कृत विश्वविद्यालयमा प्राध्यापक डाक्टर यादवप्रकाश लामिछाने र कृषि तथा वन विज्ञान विश्वविद्यालयमा प्राध्यापक डाक्टर पुण्यप्रसाद रेग्मीलाई उपकुलपति नियुक्त गरिएको हो।
पोखरा विश्वविद्यालयमा उपकुलपति बनेका अर्याल नेपाली कांग्रेस निकट हुन्।
संस्कृत विश्वविद्यालयका उपकुलपति लामिछाने सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली निकट हुन्।
कृषि तथा वन विज्ञानका उपकुलपति बनेका रेग्मी पनि नेकपा निकट हुन्। उनी नेकपा अध्यक्ष पुष्पकमल दाहाल निकट छन्। उनी यसअघि कर्णाली प्रदेश योजना आयोग उपाध्यक्ष नियुक्त भएका थिए।
यी तीन विश्वविद्यालयमा एक वर्षदेखि उपकुलपति रिक्त थियो।
उपकुलपतिहरू नियुक्तिमा पनि सत्ता र प्रतिपक्षबीच भागबन्डा मिलेपछि नियुक्ति भएको हो।
प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति देउवासँग पटकपटक उपकुलपतिलगायत विषयमा छलफल गरेका थिए।
विश्वविद्यालयमा राजनीतिक भागबन्डाबाट उपकुलपतिलगायत पदाधिकारी नियुक्त नगर्न विद्यार्थी संघसंगठनले माग गर्दै आएका छन्। गत वर्ष त्रिवि उपकुलपतिमा नेकपा निकट धर्मकान्त बाँस्कोटा नियुक्त भएका थिए।
Comments
अरु समाचार
-
मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी
काठमाडौं । कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला व्यवसायमा गर्दै आएका छन् । ४४ वर्षीय मगर विगत १२ वर्षदेखि...
-
उपप्रधानमन्त्री यादवले दिए राजीनामा
काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष...
-
शैक्षिक पात्रो सुधार गरी कार्यान्वयन गर्छुः त्रिवि उपकूलपति बराल
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा केशरजङ्ग बरालले शैक्षिक पात्रो सुधार गरी त्यसलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।...
-
चितवनमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार
काठमाडौं। भरतपुर महानगरपालिका–२० दद्राहानी पुलमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार गरिएको छ । आज बिहान स्मल हेभन बोडिङ...
-
पाठ्यपुस्तक पुनः प्रयोगमा ध्यान दिन शिक्षामन्त्रीको आग्रह
काठमाडौं । विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय तहका पाठ्यपुस्तक पुनः प्रयोगको सम्भावनालाई ध्यान दिन आग्रह गरेकी छिन् । सरकारले...
-
अनेरास्ववियुको विद्यार्थी महोत्सवको तयारी पूरा, एक लाख विद्यार्थी सहभागी हुँदै
काठमाडाैँ । । नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले पहिलोपटक राजधानी काठमाडौंमा आयोजना हुन लागेको विद्यार्थी...
-
त्रिभुवन विश्वविद्यालयमा संघीयताअनुरूप पुनःसंरचनाको गृहकार्य
काठमाडौं । त्रिभुवन विश्वविद्यालयलाई सङ्घीयताको ढाँचाअनुरूप पुनःसंरचना गरिने भएको छ । विश्वविद्यालयका विगतका कार्ययोजना र उपकुलपति प्रा डा केशरजङ्ग बरालको...
-
विद्यार्थी घट्दै गएपछि विद्यालय समायोजन गर्दै पालिका
काठमाडौं । नयाँ शैक्षिकसत्रका लागि भर्ना र पठनपाठन सुरु भएसँगै विद्यार्थी सङ्ख्यामा कमी आएपछि काभ्रेका स्थानीय तहले भूगोलका हिसाबले नजिकका...
-
दलका शिक्षकलाई बर्खास्त गर्न निर्देशन
काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राजनीतिक दलको कार्यकारिणी समितिका सदस्य रहेको शिक्षक/कर्मचारीलाई कारबाही गर्न शिक्षा विकास तथा...