ताजा समाचार

कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कोरोना भाइरस पोजेटिभ देखिएपछि तीन दिन अघि अस्पताल भर्ना भएका ट्रम्प डिस्चार्ज भएका हुन्।  डिस्चार्ज लगत्तै टन्म्पले छिट्टै नै चुनाव प्रसार सुरु गर्ने बताएका छन्।

यसअघि ह्वाइट हाउसका डाक्टरले ट्रम्पको स्वास्थ्य अवस्था सुधार आएकाले डिस्चार्ज गर्न सक्ने बताएका थिए।  ट्रम्प पुरै निको नभएपनि घर लान सुरक्षित भएकाले डिस्चार्ज गरिएको चिकित्सकले बताएका छन्। राष्ट्रपति ट्रम्पले अब ह्वाइट हाउसबाट नै आफ्ना सबै काम गर्ने तय भएको बीबीसीले जनाएको छ । उनको थप उपचार ह्वाईट हाउसमै हुनेछ ।

अस्पतालबाट निस्कनु अघि ट्रम्पले ट्वीट गरेर छिट्टै चुनाव प्रचार सुरु गर्ने बताएका छन् ।   ट्विटरमा उनले आफूले कोरोना भए पनि डर नराखेको र २० वर्षअघिको भन्दा राम्रो महसुस गरेको लेखेका छन् ।  साथै उनले कोरोनाबाट नडराउनू भन्दै कोरोनाले हाम्रो जीवनशैलीलाई प्रभाव पार्न पनि नहुने उल्लेख गरेका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org