ताजा समाचार

चिनियाँ राष्ट्रपति सिको नेपाल भ्रमणको ‘चित्रमय झाँकी’ सार्वजनिक

काठमाडाैँ । २३ बर्षको अन्तरालमा चिनियाँ राष्ट्रपति सि चिनफिङ्गको नेपाल भ्रमण एक वर्ष पुरा भएको अवसर पारेर नेपाल–चाइना मिडिया फोरमले प्रकाशित गरेको पुस्तक ‘President Xi”s Nepal Visit:A Pictorial Guide) को पूर्व प्रधानमन्त्री माधवकुमार नेपालबाट लोकार्पण गरिएको छ ।

समारोहमा पूर्वप्रधानमन्त्री नेपालले भने–‘उक्त भ्रमणबाट कागजीरुपमा त लाभ लियौं तर व्यवहारिकरुपमा कति लाभ लिनसक्यौँ ? बेल्ट एण्ड रोड इनिसियटिभबाट कति फाइदा लिन सक्यौं ? यसको समीक्षा गर्दै भएका सहमति कार्यन्वयनमा जोड दिनुपर्छ ।’

उनले भने–‘पुरानो सिल्क रोडले जसरी एसिया र युरोपलाई जोडेको थियो,त्यसरी नै सारा विश्वलाई जोड्ने पहल चिनियाँ नेतृत्वले बिआरआईमार्फत गरेको छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org