ताजा समाचार

बाइडेन अमेरिकाको ४६औं राष्ट्रपति निर्वाचित भएको औपचारिक घोषणा

एजेन्सि । अमेरिकाको राष्ट्रपति पदमा जो बाइडेन विजयी भएको औपचारिक घोषणा भएको छ।

देशभरका इलेक्टोरल कलेज सदस्यले बाइडेनको जितलाई औपचारिकता दिएका हुन्।

अब बाइडेन अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित भएका छन्। अब बाइडेनले आउँदो जनवरी २० मा राष्ट्रपतिको शपथ लिने छन्।

गत नोभेम्बर ३ मा भएको चुनावमा बाइडेनले ३०६ इलेक्टोरल कलेज मत पाएका हुन्। २३२ इलेक्टोरल कलेज मत मात्र पाएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प पराजित भएका छन्।

अमेरिकी प्रणाली अनुसार मतदाताले इलेक्टोरल कलेजका लागि मत दिन्छन् र ती इलेक्टोलर कलेज सदस्यले राष्ट्रपतिका लागि मत दिन्छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org