भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप
वीरगञ्ज । नेपाली भूमिमा प्रवेश गरेर बालुवा उत्खनन गरिरहेका भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा दुईजना सशस्त्र प्रहरी घाइते भएका छन् ।
२४ वर्षीय आयुष राय यादव र अन्दाजी २५ वर्षीय नरेश यादव घाइते भएका हुन् । उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
आयुषको देब्रे कानमा चोट लागेको छ । कानमा १८ वटा टाँका लगाइएको नारायणी अस्पताल आकस्मिक विभाग प्रमुख डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।
नरेशको देब्रे हातको हड्डी भाँचिएको र खुट्टामा चोट लागेको डाक्टर सिंहले जानकारी दिए । दुवै जना खतरामुक्त रहेको नारायणी अस्पतालले जनाएको छ ।
ओरिया खोलामा बालुवा उत्खनन गरेर लैजादै गरेको भारतीय ट्याक्टरलाई नियन्त्रणमा लिने क्रममा उनी घाइते भएको सशस्त्र प्रहरीले जनाएको छ ।
नेपालतर्फ पर्ने ओरिया खोलामा बालुवा लिन आएका भारतीयलाई रोक्ने क्रममा झडप हुँदा दुईजना जवान घाइते भएको र स्थिति सामान्य रहेको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्यालले जानकारी दिए ।
पर्साको जगरनाथपुर गाउँपालिका-१ पिपडारीमा पर्ने ओरिया खोलाबाट वर्षेनी भारतीय बालुवा तस्करले बालुवा उत्खनन गरेर लैजाने गरेका छन् ।
सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट महादेवपट्टी र पिडारीगुठीको संयुक्त टोलीले तीनवटा ट्याक्टरलाई नियन्त्रणमा लिने क्रममा झडप भएको थियो ।
ट्याक्टर खोलामा फसेपछि भारतीय गाउँ गदियानी भंगहाका बासिन्दा खोलामा आई ट्याक्टर छुटाउन खोज्दा झडप भएका थियो ।
भारतीयहरुले लाठि, भाठा, बेल्चा तथा ढुङ्गाले हान्न थालेपछि स्थिति तनावग्रस्त बनेको थियो । साथै नियन्त्रणमा लिएका ट्याक्टर पनि भारतीयहरुले खोसेर लगेका छन ।
ओरिया खोलामा वर्षौदेखि नेपाली भूमिमा प्रवेश गरी नदीजन्य पदार्थ उत्खनन गरी लैजाने गरे पनि सुरक्षा निकायले रोक्न सकेको छैन ।
भारतीय बालुवा तस्करसँग पटक-पटक विवाद र झडप भइसकेको छ । उत्खनन रोक्न खोज्दा भारतीयहरुले सुरक्षाकर्मीलाई नै कुटपिट गर्ने, हतियार खोस्ने जस्ता कार्यहरु गर्दै आएका छन् ।
Comments
अरु समाचार
-
ओली र नेपालबीचको वार्ता सकियो
काठमाडाैँ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र एमाले नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । अध्यक्ष अोली र...
-
ओली र नेपालबीच होटल मेरियटमा वार्ता
काठमाडाैँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच काठमाडौंस्थित होटल मेरियटमा एक्लाएक्लै वार्ता...
-
ओलीको निर्णयविरुद्ध सर्वोच्च पुगेको खनाल-नेपाल पक्षको रिट निवेदन दर्ता भएन
काठमाडाैँ । एमाले अध्यक्ष केपी शर्मा ओलीको एकतर्फी निर्णय रोक्न माग गर्दै सर्वोच्च अदालत पुगेको झलनाथ खनाल र माधव नेपाल...
-
त्रिकोणात्मक टी–२० सिरिज : उपाधिका लागि नेपाल र नेदरल्याण्ड्स भिड्ने
काठमाडाैँ । त्रिकोणात्मक टी-२० सिरिज क्रिकेटको उपाधिका लागि नेपाल र नेदरल्याण्ड्स भिड्ने भएका छन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार...
-
काठमाडाैँ उपत्यकामा थपिए १०५१जना कोरोना संक्रमित
काठमाडाैँ । काठमाडौं उपत्यकामा १०५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबारको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता...
-
देशभर २३५१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडाैँ । पछिल्लो २४ घण्टामा देशभर २३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्र १०५१ जना थपिएका...
-
निर्वाचन आयोगले सोध्यो राप्रपासहित ८६ राजनीतिक दललाई स्पष्टीकरण
काठमाडौं । निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ वटा राजनीतिक दलहरूलाई स्पष्टीकरण माग गर्ने निर्णय गरेको छ। आयोगको सोमबार...
-
समर्थन फिर्ताबारे निर्णय गर्ने अधिकार प्रचण्डलाई
काठमाडाैँ । नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ताको निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको छ...
-
बालुवाटारमा योगेश भट्टराई: उदार मनका साथ संवाद गर्दै, पार्टी जोगाउन आग्रह
काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर उदार मनका साथ सबै नेताहरूलाई...