ताजा समाचार

नेपाल, ओमान र अमेरिकाबीचको एकदिवसीय सिरिज स्थगित

काठमाडाैँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीच आगामी मार्चमा हुने भनिएको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार प्रेस विज्ञप्ति जारी गरेर ओमानमा हुने तय भएको सिरिज स्थगित भएको जनाएको हो।

क्यानका अनुसार कोरोनाको बढ्दो प्रभावको कारण लामो क्वारेन्टिनको प्रावधान र विभिन्न देशहरुले भ्रमणमा गरेको कडाइका कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अर्को सूचना नआएसम्मको लागि सिरिज स्थगित गरेको हो।

ओमानमा हुने सिरिज आगामी मार्च १९ देखि २८ का लागि तय गरिएको थियो।

क्यानले जारी गरेको प्रेस विज्ञप्तिः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org