प्रचण्ड-माधव समूहको प्रेस संगठन इन्चार्जमा योगेश भट्टराई
काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले स्थायी कमिटी सदस्य योगेश भट्टराईलाई प्रेस संगठन नेपालको इन्चार्ज तोकेको छ ।
पार्टी विभाजन हुँदा राजेन्द्र गौतम नेकपा ओली समूहमा लागेपछि रिक्त स्थानमा भट्टराईलाई जिम्मेवारी दिएको छ ।
संगठनको सहइन्चार्जमा विष्णु रिजाल थपिएका छन् । उनी यसअघि विदेश विभाग उपप्रमुख थिए । महेश्वर दाहाल र ओम शर्मा यसअघि नै सहइन्चार्ज छन् ।
प्रेस संगठनको पदाधिकारी समेत यो समूहले टुंग्याएको छ । एमाले र माओवादी एकतापछि प्रेस संगठनका सहसंयोजक रहेका गणेश बस्नेत ओली समूहमा लागेपछि रिक्त स्थानसहित थप पदाधिकारी समेत बनाइएको छ ।
महेश्वर दाहाल संयोजक, सहसंयोजकमा विश्वमणि सुवेदी र विष्णुप्रसाद सापकोटा जुगल र महासचिव राजेश राई चयन भएका छन् । १९ सदस्यीय केन्द्रीय कार्यालय पनि बनाइएको संयोजक दाहालले बताए ।
केन्द्रीय कार्यालय प्रचण्ड र माधव नेपालका तर्फबाट ५०/५० प्रतिशतको अनुपातमा बनाइएको छ ।
केन्द्रीय कार्यालयमा पूर्वएमालेबाट सइन्द्र राई, नरेन्द्र साउद, रामकुमार एलन, अमृतनाथ तिमल्सिना, शुरोजंग पाण्डे, हेमकर्ण विक र चमिना भट्टराई छन् । पूर्वमाओवादीबाट मनोज घर्तिमगर, देवराम यादव, कमल गिरी, विवेक गौतम, मौसम रोकामगर, सुरेशचन्द्र अधिकारी, गंगा बराल र ध्रुव बुढाथोकी छन् ।
Comments
अरु समाचार
-
तत्काल सरकारमा गएर संसदीय प्रणालीमा फस्दैनौं : बास्तोला
काठमाडाैँ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले तत्काल सरकारमा गएर संसदीय प्रणालीमा फस्ने कुरामा सचेत रहेको बताएका...
-
सुदूरपश्चिमका सबै जिल्लामा नेपाल समूहका समानान्तर समिति
काठमाडाैँ । सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा नेकपा एमालेको माधवकुमार नेपाल समूहले समानान्तर समिति बनाएको छ । धनगढीमा दुई दिनसम्म चलेको...
-
सत्ता समीकरणमा निर्णायक हुने भनिएको जसपा बैठक सुरु
काठमाडाैँ । सत्ता समीकरणबारे निर्णय गर्न जनता समाजवादी पार्टी (जसपा)का शीर्ष ६ नेताको बैठक सुरु भएको छ। पार्टी कार्यालय बालकुमारीमा...
-
संसदीय सुनुवाइ समितिबाट हटाइए पाण्डे
काठमाडौं। नेकपा एमालेले संसदीय सुनुवाइ समितिबाट सुरेन्द्र पाण्डेलाई हटाएको छ। सर्वोच्च अदालतको न्यायाधीशमा नहकूल सुवेदीको अयोग्यतासम्बन्धी प्रश्न उठेको बेला सुनुवाइ...
-
छलफलबाटै पार्टीभित्र देखिएका समस्या समाधान हुन्छ : नेपाल
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विधिको पालना र छलफलको माध्यमले मात्र पार्टीभित्र देखिएको राजनीतिक...
-
बिस्केट जात्राको रथ तान्दा १९ घाइते, मध्यराति ढुङ्गा हानाहान
काठमाडाैँ । भक्तपुरमा हिजोदेखि शुरु भएको बिस्काः जात्रामा भैरवको रथ तान्ने क्रममा राति रथबाट झर्दा र रथ तान्ने क्रममा ढुङ्गा...
-
देउवाले बोलाए पदाधिकारी बैठक
काठमाडाैँ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माका...
-
परराष्ट्र मन्त्री ज्ञवाली र भारतीय समकक्षी एस जयशंकरबीच टेलिफोन संवाद
काठमाडौं । कोभिड-१९ विरुद्ध मिलेर लड्ने विषयमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी एस जयशंकरबीच शुक्रबार टेलिफोन संवाद भएको छ...
-
पुनर्नियुक्ति पाएका ४ मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ
काठमाडौं । पुनर्नियुक्ति पाएका ४ मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शुक्रबार शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति...