ताजा समाचार

२१ वर्षदेखि बिनाबिदा देश र जनताका लागि क्रियाशील छुः प्रधानमन्त्री मोदी

एजेन्सि । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू २१ वर्षदेखि बिनाबिदा देश र जनताका लागि क्रियाशील भएको दाबी गरेका छन् ।

भारतीय जनता पार्टी (भाजपा) को मंगलबार बसेको बैठकमा बोल्दै मोदीले आफू गुजरातको मुख्यमन्त्री भएदेखि अहिलेसम्म कहिल्यै बिदा नलिई काम गरिरहेको बताएका हुन् ।

‘मैले कोरोना भाइरसको महामारीका बेलामा पनि कुनै कमी नगरी लगातार सेवामा लागिरहें, विश्व नै थिलोथिलो भइरहेका बेला पनि भारतले त्यो चुनौतीलाई प्रभावकारी तरिकाले व्यवस्थापन गर्न सफल भयो,’ बैठकमा बोल्दै प्रधानमन्त्री मोदीले भनेका छन् ।

मोदीले विश्वका १ सय १० देशका नेताहरूले भारतमा कोरोना भाइरसको महामारीको व्यवस्थापन राम्रो भएको स्वीकार गरेका पनि जनाएका थिए । उनले देशका करोडौं जनताको जीवन जोगाउने कुरा सानोतिनो चुनौती नभएको पनि उल्लेख गरेका मन्त्री अर्जुन राम मेघवालले बताए ।

असाधारण चुनौतीलाई निरन्तरको क्रियाशीलता र सेवा भावनाले नै जित्न सकेको प्रधानमन्त्री मोदीको भनाइ छ । मोदीले आफूले झैं जनताको सेवामा निरन्तर क्रियाशील हुन भाजपा सांसदलाई निर्देशन दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org