ताजा समाचार

कोरोना त्रासबीच बसन्तपुरमा होलीको रौनक (फोटो-फिचर)

काठमाडौं ।रंगहरुको पर्व होली आज देशभर विभिन्न स्थानहरुमा मानिसहरु जम्मा भएर मनाइरहेका छन् ।

कोरोना महामारी अत्य नभएपनि मानिसहरु एक आपसमा जम्मा भएर रंग दलेर रमाइलो गर्दै होली मनाइरहेका छन् ।

हिमाल र पहाडमा एक दिन अघिपछि गरेर मनाउने होली आज पहाडी समुदायमा मनाइएको छ । सरकारले कोरोना जोखिम कायम रहेको र छिमेकिमुलुकहरुमा कोरोना संक्रमणदर बढी रहेको अवस्थामा नेपाल पनि उच्च सतर्कता अपनाएको छ ।

सरकारले भिड भाड नगर्न, एकै ठाउँमा धेरै मानिस जम्मा नहुन भने पनि आज बसन्तपुरमा मानिसहरु जम्मा भएर होली खेलेका छन् ।

अघिल्लो वर्ष कोरोनाको कारण होली नखेलेपनि यो वर्ष भने कोरोना जोखिमको बाबजुतपनि होली खेलिएको छ । होली खेल्दै, एक आपसमा रंग लगाउँदै युवा युवतीहरु सडकमा रमाइलो गर्दै हिडिरहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org