ताजा समाचार

चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका शीर्ष नेताबीच जुम बैठक हुँदै, दलीय हैसियतअनुसार स्वास्थ्य सामग्री दिने

काठमाडाैं । चीनियाँ कम्युनिस्ट पार्टीले नेपालका राजनीतिक दलहरुलाई महामारीविरुद्ध लड्नका लागि स्वास्थ्य सामाग्री प्रदान गर्ने भएको छ । आज मध्याह्न चीनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग जुम बैठक गर्दैछ ।

विदेश विभागका मन्त्री सोङ ताव र उपमन्त्री चेन झोउसहित संलग्न हुने बैठकमा नेपालबाट एमालेका महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरवहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी हुँदैछन् ।

त्यस्तै नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, राप्रपा अध्यक्ष पशुपति शमसेर जबरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना पनि जुम बैठकमा सहभागी हुने बताइएको छ ।

चीनियाँ कम्युनिस्ट पार्टीले भाइचारा सम्बन्ध भएका दलहरुलाई महामारीविरुद्धका अत्यावश्यक सामाग्री दलीय हैसियत अनुसार प्रदान गर्ने स्रोतले जनाएको छ ।

करीव ४० करोड बराबरका ती सामाग्रीमा हाइड्रोजन अक्सिजन जेनेरेटरलगायत छन् । नेताहरुबीचको बैठकपछि चीनियाँ डाक्टर र नेपालको सीसीएमसीका डाक्टरहरुबीच ती सामाग्री प्रयोग गर्ने तरिकाको बारेमा समेत अन्तरक्रिया हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org