ताजा समाचार

काठमाडाैँमा आजदेखि जाेरबिजाेर प्रणाली हट्याे

काठमाडाैँ । काठमाडौँ उपत्यकाभित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा आज (मंगलबार)देखि जोरबिजोर प्रणाली हटाइएको छ।

यसअघि जोरबिजोर प्रणाली लागु गर्दै २५ सिट क्षमताका सार्वजनिक सवारी साधनहरु चल्न दिइएको थियो।

तर आजदेखि निषेधाज्ञा खुकुलो पार्दै जोरबिजोर प्रणाली हटाइएको छ भने माइक्रो, टेम्पोलगायतका सवारी साधन पनि चल्न दिइएको छ।

सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढि यात्रु राख्न नपाइने र मास्कलगायत स्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने जिल्ला प्रशासनहरुले जारी गरेकाे सूचनामा उल्लेख छ।

काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले खुकुलो निषेधाज्ञालाई असार ३१ गतेसम्म जारी राखेका छन्।

याे अवधिमा विद्यालय सञ्चालनकाे अनुमति दिइएकाे छैन। यस्तै सबै किसिमका सभा सम्मेलन लगायत भिडभाडजन्य गतिविधिमा पनि राेक लगाइएकाे छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org