ताजा समाचार

सिंहदरबार घेर्न गएका नागरिक अभियन्ता पक्राउ

काठमाडौं । नागरिक समाजका अगुवालाई प्रहरीले पक्राउ गरेको छ ।

सिंहदरबार मार्चका क्रममा प्रहरीले नागरिक अभियन्ताहरुलाई नियन्त्रणमा लिएको हो ।

बृहत् नागरिक आन्दोलनको आयोजनामा सिंहदरबार गेट अगाडि प्रदर्शन गर्ने तयारी भैरहेका बेला लेखक खगेन्द्र संग्रौला, प्राध्यापक डाक्टर सञ्जीव उप्रेतीसहित नागरिक अभियन्ता विमल अर्याल, अर्चना थापा, प्रनेतालगायतलाई प्रहरीले पक्राउ गरेको छ ।

नागरिक आन्दोलनको ‘सिंहदरबार मार्च’मा प्राध्यापक डाक्टर गोविन्द केसीसमेत उपस्थित भएका छन् । कार्यक्रम शुरु नहुँदै अभियन्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि कार्यक्रम प्रभावित भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org