ताजा समाचार

काठमाडौं उपत्यकामा थप ६१३ जनामा कोरोना पुष्टि

काठमाडाैँ । काठमाडौं उपत्यकामा थप ६१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६१३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

प्रवक्ता पौडेलका अनुसार काठमाडौंमा ४१०, ललिपुरका १३४ र भक्तपुरमा ६९ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ९ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा १६७८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १८ जनाको मृत्यु भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org