ताजा समाचार

काठमाडौं उपत्यकाको निषेधाज्ञा १० दिन थप (आदेशसहित)

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्ब्याइएको छ ।

कोरोना महामारीको दोस्रो लहरसँगै गत वैशाख १६ देखि लागू गरिएको निषेधाज्ञा पटकपटक थप गर्दै आज राति १२ बजेसम्म कायम थियो ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भोलि (सोमबार) बाट साउन २० सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञाको नियममा भने कुनै परिवर्तन भएको छैन । हेर्नुस् स्थानीय प्रशासनको आदेश ।                                               

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org