ताजा समाचार

राष्ट्रपतिले नेपालकै पहिलो युद्ध संग्रहालय उद्घाटन गर्ने

काठमाडाैँ । सिन्धुलीगढीमा निर्मित युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले आज उद्घाटन गर्दैछिन्।

नेपाली सेनाले निर्माण गरेको युद्ध संग्रहालयको बुधबार दिउँसो राष्ट्रपति भण्डारीले उद्घाटन गर्न लागेकी हुन्र

झण्डै सात करोड रुपैयाँ लागतमा नेपाली सेनाले युद्ध सङ्ग्रहालय भवन निर्माण गरेको हो।

सङ्ग्रहालयमा युद्धकालीन अवस्थाका पात्रहरु, सिन्धुलीगढी युद्धको टाइम लाइन, युद्धको परिदृश्य, सिन्धुलीगढी युद्धका वृत्तचित्र, चरणबद्ध युद्धका चित्रहरु, तत्कालीन युद्धमा प्रयोग भएका घरेलु हतियार, युद्धकालीन हातहतियार, अङ्ग्रेजहरुले प्रयोग गरेका तोप, नेपाली योद्धा, ब्रिटिश योद्धा, नेपाली योद्धाका कलाचित्र, मिथिला कला, बेलायतीहरुको नाममा बनाइएका स्तम्भ, युद्धकालीन शिलालेख, ऐतिहासिक दस्तावेज तथा इतिहासका पुस्तकहरु राखिएका छन्।

वि.सं.१८२४ असोजमा सिन्धुलीगढीमा नेपाली सेना र अंग्रेज सेनाबीच युद्ध भएकाृ थियो। उक्त युद्धमा बंसु गुरुङको नेतृत्वमा रहेको गोर्खाली सेनाले अग्रेज सेनलाई हराएका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org