ताजा समाचार

संक्रमितले अस्पताल भरिन थाले, परीक्षा कसरी सक्ने भनेर ‘प्रेसर’मा छौँ – त्रिवि

काठमाडाैँ । कोरोना भाइरसका बिरामीले फेरि अस्पताल भरिन थालेसँगै बाँकी रहेको परीक्षा कसरी सञ्चालन गर्ने भनेर आफूहरू दबाबमा रहेको त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

त्रिवि शिक्षाध्यक्ष शिभलाल भुसालले अहिले चलिरहेको परीक्षा कसरी सक्ने भनेर आफूहरू दबाबमा रहेको बताएका हुन् ।

‘दुई वर्षदेखि रोकिएको परीक्षा बल्ल सुरु भएको छ । सकेसम्म अहिले चलिरहेको परीक्षाचाहिँ सक्न पाए हुन्थ्यो,’ भुसालले भने, ‘यस्तोमा अब परीक्षा कसरी सक्ने भनेर हामी ‘प्रेसर’मा छौँ । एक/दुई दिनको परिस्थिति हेरेर केही निर्णय गर्छौं ।’

कोरोना महामारीकै कारण विगत दुई वर्षदेखि रोकिएको स्नातक प्रथम वर्षको परीक्षा १० साउनबाट सुरु भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org