ताजा समाचार

माओवादीको महाधिवेशन पुस ११ देखि १३ मा गर्ने प्रस्ताव

काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन पुसमा गर्ने प्रस्ताव पेश भएको छ । काठमाडौंमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले महाधिवेशन पुस ११, १२ र १३ गते गर्ने प्रस्ताव राखेका हुन् । अध्यक्ष प्रचण्डले पेश गरेको राजनीति तथा सांगठानिक प्रस्तावमा महाधिवेशनको मिति प्रस्ताव गरिएको हो । केन्द्रीय सदस्यहरुको समूह बनाएर अध्यक्ष प्रचण्डको दुवै प्रतिवेदनमाथि छलफल शुरु भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org