ताजा समाचार

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि, प्रचण्डको प्रस्तावमा छलफल हुने

काठमाडाैँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।

शनिबार शुरू भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । आजको बैठकमा दाहालको उक्त प्रस्तावमा केन्द्रीय सदस्यहरुले समूहगत सुझाव दिँदैछन् ।

केन्द्रीय सदस्यहरुको सुझावलाई समेटेर प्रचण्डको प्रतिवेदन पास गर्ने बैठकको तयारी छ ।

दाहालले आगामी पुस ११ देखि राष्ट्रिय सम्मेलन आयोजना गर्ने अध्यक्ष प्रस्ताव गरेका छन् भने आगामी निर्वाचनसम्म नै अहिलेको ५ दलीय गठबन्धन कायम राख्नुपर्ने विषय प्रतिवेदनमा समेटेका छन् ।

केन्द्रीय कमिटी बैठकअघि अहिले स्थायी समिति बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी समिति बैठकमा नेताहरुको कार्यविभाजन लगायतका विषयमा छलफल भइरहेको छ  ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org