ताजा समाचार

अखिल( क्रान्तिकारी) जुट्यो राष्ट्रिय सम्मेलनको तयारीमा

प्रतिनिधि छनोट तथा व्यवस्थापन उपसमितिको जिम्मेवारी उपाध्यक्ष भण्डारीलाई

काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी आसन्न २२औं राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको छ ।

आगामी असोज ८ गतेदेखि १० गतेसम्म निर्धारित राष्ट्रिय सम्मेलनको पूर्वतयारीका लागि विभिन्न उपसमितिहरु गठन गरिएको छ ।

सम्मेलनको तयारीबारे आइतबार बिहान ११ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिइने अखिल क्रान्तिकारीका प्रवक्ता जीपी मैनालीले बताए ।

कुन उपसमितिको संयोजक को ?

सम्मेलनको प्रचार प्रसार उपसमितिको संयोजकमा उपाध्यक्ष सुरेन्द्र बस्नेत छन् । यसैगरी प्रतिनिधि छनोट तथा व्यवस्थापन उपसमिति संयोजकको जिम्मेवारी अर्का उपाध्यक्ष तिलक भण्डारीले पाएका छन् ।

अतिथि व्यवस्थापन उपसमिति संयोजकमा दीपक देवकोटा, आर्थिक उपसमिति संयोजक पञ्चा सिंह, मञ्च व्यवस्थापन उपसमिति संयोजक विजय गौतम, स्वयंसेवक उपसमिति संयोजक इन्द्र भुसाल, स्वास्थ्य उपसमिति संयोजक दिपेश पुन र कार्यालय व्यवस्थापनको जिम्मेवारी रविकिरण यादवलाई दिइएको छ । विधान उपसमिति संयोजकमा उत्तम अधिकारी छन् ।

अधिकारी अखिल क्रान्तिकारीका महासचिव हुन् भने उपसमितिका अन्य संयोजकहरु सबै उपाध्यक्ष हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org