ताजा समाचार

नख्खु कारागारमा कैदीबीच झडप

काठमाडाैँ । ललितपुरको नख्खु कारागारमा कैदीबीच झडप भएको छ।

आइतबार दिउँसो कैदीबीचमै झडप भएको ललितपुर प्रहरी प्रवक्ता एसपी प्रज्वल महर्जनले बताए।

अहिले त्यहाँ थप प्रहरी पठाइएको छ। कारागारको सुविधाको विषयमा नाइके, भाइ-नाइके लगायतसँग असन्तुष्टि राख्दै अन्य कैदीले आक्रमण गरेको बताइएको छ।

झडपमा गम्भीर घाइते कोही पनि नभएको प्रहरीले जनाएको छ। अहिले कारागार प्रशासनले दुवै पक्षलाई राखेर छलफल गरिरहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org