ताजा समाचार

अखिल क्रान्तिकारीको नेतृत्व विवाद पेचिलो बन्यो: स्थायी समिति बैठकमा जनार्दनको पार्टी फुटाउने धम्की

पञ्चा सिंहलाई अध्यक्ष नबनाए समानान्तर कमिटीदेखी पार्टी फुटाउने जनार्दनको धम्कि

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी)को नेतृत्व टुंग्याउने जिम्मा प्रचण्डलाई दिइएको छ ।
पेरिसडाँडामा भएको स्थायी समिति बैठकले अखिल क्रान्तिकारीको नेतृत्व चयन गर्ने जिम्मा प्रचण्डलाई दिएको हो ।   स्रोतका अनुसार  स्थायी समिति बैठकमा स्थायी कमिटि सदस्य जनार्दन  शर्माले   आफ्नो गुटको पञ्चा सिंहलाई अध्यक्ष नबनाए सामानान्तर कमिटी गठन गराउनेदेखि  पार्टी फुटाउनेसम्मको धम्कि दिएका छन ।                                                                                              स्थायी कमिटी बैठकले नेतृत्व टुंग्याउन नसकेपछी नेतृत्व टुंग्याउने जिम्मा पार्टी अध्यक्षलाई दिइएको हो ।
पार्टी स्थायी कमिटिका अधिकांश नेता कृष्ण बहादुर महरा, वर्षमान पुन, शक्ति बस्नेतलागाएतका नेता तिलकराज भण्डारीको पक्षमा छन ।                                            बन्द सत्र चलिरहेपनि नेतृत्व पार्टीले टुंग्याउने भएपछि हलका अधिकांश प्रतिनिधिहरुको विवेकमा विश्वास नगरिएको भन्दै आक्रोश व्यक्त हुन थालेको राष्ट्रिय सम्मेलन आयोजक कमिटी सदस्यले जानकारी दिए ।
` अहिले हलका सबै कमरेडहरुले नेतृत्व आफै चयन गर्न पाउनु पर्छ भन्ने मत बलियो बनाउदै लैजानु भएको छ । गुटको नेता को हो थाहा भएन । आम रुपमा विद्यार्थीको ग्राउण्डमा भिजेको कुशल संगठक तिलकराज भण्डारी नै हाम्रो नेता हो भन्ने विषय जबर्जस्त उठ्न थालेको छ´, ती सदस्यले भने ।

`अखिल क्रान्तिकारी भित्रपनि वाईसीएल नेपालको जस्तो प्रकरण दोहोर्‍याउन खोजिएको आशंका उत्पन्न भएको छ । यसलाई रोक्न सकिएन भने विद्यार्थी आन्दोलन पनि धरासयी बन्ने पक्का छ´ अर्का एक प्रतिनिधिले भने ।
सम्मेलनले नेतृत्व टुंग्याउने जिम्मा नपाएपछि पार्टीको हस्तक्षेप बढ्ने भन्दै क्रान्तिकारीमा असन्तुष्टी बढ्दै गएको छ ।
`हामीलाई गुट अस्वीकार्य छ । इतिहासमा योगदान सबैले दिएका छन् । तर, त्यो योगदानलाई गुटको पगरी भिराएपछि समर्थन गर्न सकिन्न । त्यसैले गुटको नेता जोसुकै भएपनि आम संघर्षशील, पार्टी, नीति र नेतृत्वप्रति प्रतिबद्ध कार्यकर्ताहरुको नेता तिलकराज भण्डारी हो । तिलकले कहिल्यै गुटको आशीर्वाद लिन चाहेनन् । उनी जहिल्यै पनि नीति र नेतृत्वप्रति वफादार बने । कसैको छाता ओढ्न खोजेनन् । यही प्रवृत्तिले मात्रै अखिल क्रान्तिकारीलाई साँच्चिकै क्रान्तिकारी, प्रचण्डले भनेझै समाजवादी क्रान्तिको अग्रदस्ता र जनताका छोराछोरीको संगठन वनाउन सक्छ । गुटमा रमाउनेहरुले इतिहास रच्दैनन्´, एक अर्का नेताले भने ।

यसअघि अहिलेका तामाङ अध्यक्ष बन्दा अखिल क्रान्तिकारीमा चुनाव भएको थियो । चुनावबाटै दुई प्यानल बनाएर विद्यार्थी निर्वाचनमा होमिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org