ताजा समाचार

महाधिवेशनमा सहभागी हुन चितवन पुगे ओली

काठमाडौँ  । दसौं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन चितवन आएका एमाले अध्यक्ष केपी शर्मा ओली महाधिवेशनमा केन्द्रित कार्यक्रममा सहभागी हुन थालेका छन् ।

ओली बिहीबार मध्यान्ह मात्रै चितवन आइपुगेका हुन् । चितवनका बुद्धिजिवीहरुसँग सौराहाको जंगल क्राउन होटलमा अन्तक्रियामा सहभागी भएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले बताए ।

‘बुद्धिजिवी परिषद्ले आयोजना गरेको महाधिवेशन केन्द्रित छलफल हो,’ बजगाईंले भने । सौराहाको कार्यक्रमपछि अध्यक्ष ओली महाधिवेशन उद्घाटन समारोहस्थलको अवलोकन गर्ने नारायणगढ जाने छन् ।

नारायणी नदीको किनारामा सम्मेलन उद्घाटनका लागि मञ्च निर्माणको काम भैरहेको छ । ओली आउने तयारीसँगै सो स्थालमा ठूलो संख्यामा स्वयंसेवकहरु परिचालन गरिएका छन् ।

एमालेले उद्घाटन समारोहमा ५ लाख मानिस उतार्ने दाबी गर्दै आएको छ । महाधिवेशनको उद्घाटनको एक दिनअघि नै नेता तथा महाधिवेशनमा प्रतिनिधिहरु चितवन आउन थालेका छन् । महाधिवेशनको उद्घाटन नारायणी किनारा र सौराहामा बन्द सत्र सञ्चालन गर्ने तयारी गरेको छ ।

महाधिवेशनका लागि चितवनमा रहँदासम्म अध्यक्ष ओली सौराहाको पार्क सफारी रिसोर्टमा बस्ने छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org