ताजा समाचार

राष्ट्रिय सम्मेलनकाे अन्तिम तयारीका लागि माओवादीको स्थायी कमिटी बैठक सुरु

काठमाडौं । आइतबारदेखि काठमाडौंमा सुरु हुने नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनअघि स्थायी कमिटी बैठक आज बस्दैछ ।

पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको छ ।

राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेज, राष्ट्रिय सम्मेलनका अन्य विषयबारे बैठकमा छलफल हुँदैछ ।

प्रचण्डले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यले दिने सुझावलाई समेटेर पूर्णता दिने तयारी गरिएको छ ।

माओवादीले यसपटक राष्ट्रिय सम्मेलनमा विचारको बहस हुने बताएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org