ताजा समाचार

‘अबको चुनावपछि केपी ओली एकल बहुमतको प्रधानमन्त्री’: विष्णु पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चुनावपछि केपी शर्मा ओलीले नयाँ सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् ।

उनले परमादेशबाट विस्थापित भएका ओलीलाई जनादेशबाट पुनर्स्थापना गरिने बताए ।

बझाङमा आयोजित एमालेको जनसभामा बोल्दै पौडेलले देश विकासका लागि एमाले सरकारको विकल्प नभएको उल्लेख गरे ।

उनले भने, ‘एमाले बाहेक अरू पार्टीको सरकार बन्दा यो जिल्लामा लाखका, करोडका आयोजना आएका होलान्, तर अर्बका आएका छन्, छैनन् । तर, जब एमाले सरकारमा आउँछ, लाख करोड होइन अर्बौँका आयोजना आउँछन् ।’

केपी ओली प्रधानमन्त्री बन्दा चैनपुर ताक्लाकोट सडकलाई मात्रै एक अर्ब ४० करोड रुपैयाँ बजेट छुट्टाइएको उनले स्मरण गरे ।

‘एउटै सडकलाई एक अर्ब ४० करोड बजेट छुट्याउन एमालेको सरकारले मात्रै सक्छ । त्यसैले देश विकासका लागि एमालेको सरकार चाहिएको छ,’ उनले भने ।

अहिले चैनपुर ताक्लाकोट सडक अवरुद्ध भएको भन्दै यसलाई एमाले सरकार आएर सुचारु गर्ने बताए ।

उनले भने, ‘अबको चुनावपछि ओली गठबन्धनको होइन, एमालेको एकल बहुमतको प्रधानमन्त्री बन्नुहुन्छ । यदि यो सडक पूरा होस भन्ने चाहनुहुन्छ भने एमालेलाई साथ दिनुस् ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org