मत गणनास्थलमै कुटाइ खाएका एमालेका घाइते शाहीको मृत्यु
हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका याङ्चु बगरमा मतगणना स्थलमै कुटाइ खाएका गम्भीर घाइते छत्तबहादुर शाहीको मृत्यु भएको छ । नेपालगन्जस्थित नर्सिङ होममा उपचारका क्रममा शाहीको मृत्यु भएको हो ।
गएको वैशाख ३१ गते खार्पुनाथ गाउँपालिकाको केन्द्रमा मत गणना भइरहेको बेला एक्कासी बाहिर एमाले कार्यकर्तालाई नेपाली कांग्रेसका कार्यकर्ताले हमला गर्ने क्रममा तीन जना घाइते भएका थिए ।
घाइते भएका तीन जनामध्ये उनी गम्भीर घाइते भएपछि हेलिकोप्टरबाट उपचारका लागि सुर्खेत रिफर गरिएको थियो ।
शाहीको टाउकोमा गम्भीर चोट लागेको थियो । सुर्खेतको प्रदेश अस्पतालले उपचार गर्न नसक्ने भन्दै नेपालगन्जको भेरी अस्पतालमा रिफर गरिएको थियो । तर शल्यक्रिया गर्ने उपकरण नभपछि नेपालगन्जको नर्सिङ होम पठाएको मृतक शाहीका आफन्तले जानकारी दिए ।
घाइते शाहीलाई सुर्खेतमा पनि उपचार सम्भव नभएपछि नेपालगन्जको नर्सिङ होममा उपचार गर्ने क्रममा चार दिनपछि मृत्यु भएको मृतकका छोरा सागर शाहीले बताए ।
शाहीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले जनाकारी दिए । अन्य दुई जनाको भने अस्पतालमै उपचार भइरहेको छ । सोही घटनालाई लिएर नेकपा एमालेले खार्पुनाथ गाउँकमिटीले शोक विज्ञप्ति निकालेको छ ।
घटनाको यथार्थ छानबिन गरी संलग्नहरूलाई कारबाही गर्न एमालेले माग गरेको छ । मृतकका आफन्तले सो घटनामा संलग्न ९ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय हुम्लामा जाहेरीसमेत दिएका छन् । प्रहरीले जाहेरी आएको र अब घटनामा संलग्नको खोजीकार्य सुरु भएको जनाएको छ ।
Comments
अरु समाचार
-
रौतहटमा गोली प्रहार गरी भाग्दै गरेका तीन पक्राउ
काठमाडौं । रौटहटको परोहा नगरपालिका–९ स्थित शिव मनि ट्रान्सफरका सञ्चालकलाई गोली हानी भाग्दै गरेका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ...
-
उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी अख्तियारमा बयान दिन जाँदै
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी अन्ततः आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयानका लागि जाँदैछन् । उनलाई...
-
भागेका थुनुवा पक्रन जाँदा भिरबाट लडेर प्रहरी जवानको मृत्यु
काठमाडौं । भिरबाट लडेर घाइते भएका प्रहरी जवान सोहन चौधरीको मृत्यु भएको छ । आज दिउँसो १२ बजेतिर जिल्ला प्रहरी...
-
धादिङमा चरेश सहित दुईजना पक्राउ
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ मलेखुबाट प्रहरीले चार किलो पाँच सय ३५ ग्राम चरेश बरामद गरेको छ ।...
-
चिनियाँ नागरिकलाई नागरिकता दिलाएको आरोपमा अधिकृत पक्राउ
काठमाडौं । सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा एक अधिकृत पक्राउ परेका...
-
टाटासुमोले ठक्कर दिँदा दुईको मृत्यु, एकजना घाइते
काठमाडौं । महोत्तरीको मटिहानी जनकपुर सडकखण्डमा भारतीय टाटासुमोले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्...
-
चितवनकी शालिनको बलात्कार नभएको पोष्टमार्टम रिपोर्ट
काठमाडौं । शिशु निकेतन बोर्डिङ स्कुलको होस्टेलमा मृत फेला परेकी शालिन पोखरेलको बलतकार नभएको अनुसन्धानबाट पुष्टि भएको छ । काठमाडौंको...
-
मोरङमा सवारी दुर्घटनामा परेर तीनको मृत्यु, दुई जना घाइते
काठमाडौं ।मोरङमा सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गको बेलबारी सडक खण्डस्थित वडा नम्बर १ र...
-
अछाममा जङ्गली बँदेलको आक्रमणबाट एक वृद्ध घाइते
काठमाडौं । अछाममा जङ्गली बँदेलको आक्रमणबाट एक वृद्धा घाइते भएका छन् । आज दिउँसो कमलबजार नगरपालिका–७ बस्ने ६६ वर्षीय वृद्धा...