ताजा समाचार

भारतीय दूतावासका सुरक्षागार्डले हाने आफैंलाई गोली, घटनास्थलमै मृत्यु

काठमाडाैं । काठमाडाैंस्थित भारतीय दूतावासमा कार्यरत सुरक्षाकर्मीले ड्युटी समयमै आफैलाई गोली हानी आत्महत्या गरेका छन् ।

दूतावासमा सुरक्षार्थ खटिएका सुरक्षा गर्ड ३२ वर्षीय दीपक सिंहले आफूसँग रहेको इन्सास राइफलले आफैंलाई गोली हानेका हुन् । सिंहले इन्सास राइफलबट आफैलाई गोली हानेको भारतीय दूतावासका कर्मचारीले नेपाल प्रहरीला जानकारी गराएको प्रहरीले जनाएको छ ।

घटनाबारे सूचना पाएलगत्तै त्यसबारे बुझ्न काठमाडौं उपत्यका अपराध अनुसन्धानका एसपी दीनेश आचार्य दूतावास पुगेका थिए । घटनास्थल दूतावासभित्रै भएका कारण भारतीय पक्षले नै त्यसको अनुसन्धान गरी शव व्यवस्थापन गर्ने तयारी गरेको छ । उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org