ताजा समाचार

इंग्ल्यान्डको एकदिवसीय खेलबाट स्टोक्सको संन्यास

काठमाडौं । इंग्ल्यान्ड टेस्ट क्रिकेट टिमका कप्तान बेन स्टोक्सले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् ।

सोमबार स्टोक्सले दक्षिण अफ्रिकाविरुद्धको शृंखलाको पहिलो खेल नै आफ्नो अन्तिम अन्तर्राष्ट्रिय एकदिवसीय खेल हुने घोषणा गरेका हुन् । यद्यपि, स्टोक्सले टी २० क्रिकेटलाई भने निरन्तरता दिने बताएका छन् ।

३१ वर्षीय स्टोक्सले इङ्लिस टिमबाट ४०४ अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेल्दा ७४ विकेट लिएका छन् । यसक्रममा उनको ब्याटिङ औसत ३९.४४ को थियो ।

स्टोक्सले सन् २०११ मा आयरल्यान्डविरुद्धको खेलबाट इङ्ल्यान्डका लागि एकदिवसीय खेलमा डेब्यु गरेका थिए । उनले त्यसयता क्रिकेटको यो संरचनामा दुई हजार नौ सय १९ रन बनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org