‘कैची’को परिचर्चा पोर्तुगलमा
काठमाडाैं । युरोपियन मुलुक पोर्तुगलको लिस्वनमा कवि हरिशरण परियारको कविता संग्रह ‘कैंची’ माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय नेपाली समाज, अनेसास पोर्तुगल र पदम विश्वकर्मा साहित्य प्रतिष्ठानको आयोजनामा पुस्तकमाथि परिचर्चा कार्यक्रम भएको हो । कविता कृतिलाई ‘बेला प्रकाशन’ले प्रकाशित गरेको हो ।
‘कैंची’माथी परिचर्चा गर्दै कवि तथा अन्तर्राष्ट्रिय नेपाली समाजका महासचिव अर्जुन श्रीले नेपाली समाजमा विभेद र उत्पीडनमा पारिएका समुदायका अनेकन विषय र प्रसंगलाई बडो शालिन, सरल र मार्मिक ढंगले प्रस्तुत गरेको बताए ।
सामाजिक अभियन्ता तथा लेखक प्रकाश गजमेरले नेपाली समाजको सामाजिक कुरुती विरुद्ध कविता संग्रह ‘कैंची’ले बुलन्द आवाज उठाएको बताए । ‘हामीहरु २१ औं शताब्दीमा छौं तर, नेपाली समाज पुरानै ढर्रामा छ । जहाँ नेपाली पुगेका छन् त्यहाँ विभेद पुगेको छ । अब लेखेर वा बोलेर सबैले दिमाग हल्लाउने गरी आवाज उठाउनु पर्छ ।’
युवा कवि परियार लम्जुङका हुन् । हाल पोर्तुगलमा छन् ।
परिचर्चा कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली समाजका अध्यक्ष अर्जुन घिमिरे, उपाध्यक्ष डा. स्वामी कृष्ण, प्रगतिशील नेपाली समाज युरोपका अध्यक्ष दीपेन्द्र गहतराज, नेपाली जनप्रगतिशील मोर्चा युरोपका नेता प्रदीप अधिकारी, कवि सोम अनुराग लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
Comments
अरु समाचार
-
हाईकुः हरेक बर्ष असार कुर्छ,सरकार पढ्छ बजेट छर्छ
काठमाडाैँ । सरकार आगामी आर्थिक वर्ष (आव) २०७९/८० को बजेट सार्वजनिक गरेको छ । संवैधानिक व्यवस्थाअनुसार सरकारले जेठ १५ भित्र...
-
अमेजन प्राइमको ‘म्युजिक वेब सिरिज’ मा अदिती बुढाथोकी
काठमाडाैँ । अभिनेत्री अदिती बुढाथोकी नेपालसँगै भारतमा आफ्नो अभिनय यात्रामा सक्रिय छिन्। गतवर्ष फिल्म 'बाबरी' देखिएकी अभिनेत्री अदिती यतिबेला भारतमा म्युजिक...
-
स्मिताको नयाँ गीत ‘आँखामा गाजल’
काठमाडौँ । स्मिता दाहालको नयाँ गीत 'आँखामा गाजल' सार्वजनिक भएको छ । 'हो हो नि माया हो' सार्वजनिक गरेको एक...
-
मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानलाई
काठमाडौं। मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन्। ललितपुरको गोदावरीमा शनिबार सम्पन्न अन्तिम स्पर्धामा उनले २३ प्रतियोगीलाई पछि...
-
राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गर्नुभएको छ । राष्ट्रपति पौडेलले जावलाखेलमा...
-
बोध श्रीको मर्मस्पर्शी नयाँ कोसेली `धुरु धुरु´ सार्वजनिक (भिडियो सहित)
काठमाडौं । साहित्यकार तथा गीतकारको रुपमा परिचित बिमला हुमागाईं उर्फ (बोध श्री)को रचना तथा अभिनयमा लोक गीत ‘धुरु धुरु’ सार्वजनिक भएको छ...
-
अशोक शेरचनको ‘आमा अघि बढ्दै छु‘ म्युजिक भिडियो सार्वजनिक
काठमाडौँ । कवि तथा गीतकार अशोक शेरचनको नयाँ गीत सार्वजनिक भएको छ । बैंकरसमेत रहेका शेरचनले मातातीर्थ औँसीको अवसर पारेर...
-
चलचित्र ‘जारी’ को पाइरेसी रोक्न उजुरी
काठमाडौं । नयाँवर्षको अवसरमा गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘जारी’ पाइरेसी भएपछि निर्माता मणिराम पोखरेलले अनुसन्धानका लागि उजुरी दिनुभएको छ...
-
चलचित्र ‘नाइँ नभन्नु ल ६’ को रिजिल रोकियो
काठमाडौं । चलचित्र ‘नाइँ नभन्नु ल ६’ निर्धारित मितिमा प्रदर्शन नहुने भएको छ । आगामी वैशाख १ गतेका लागि प्रदर्शन...