जुम्लाबाट ‘प्रकाश’को वर्ल्ड प्रिमियर
काठमाडौं । आगामी शुक्रबारबाट प्रदर्शनमा आउने नेपाली फिल्म ‘प्रकाश’को आगामी आइतबार अर्थात ५ भदौमा जुम्लामा वर्ल्ड प्रिमियर गरिने भएको छ ।
फिल्मका निर्देशक जुम्लाको तिर्खु गाँउमा छायांकन गरिएको यो फिल्मको सोही गाउँको मोक्ष माध्यमिक विद्यालयको प्राङगणमा वर्ल्ड प्रिमियर गर्न लागेको बताए । आइतबार हुने वर्ल्ड प्रिमियरका लागि फिल्मका लेखक विकास सुवेदीसहितको टिम शनिबार जुम्ला जाँदैछ ।
फिल्म हेर्न स्थानिय राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी, विभिन्न पेशा वयवसायमा आवद्ध व्यक्तिहरुका साथै सम्पूर्ण गाँउबासीलाई निम्ता दिइएको छ । जुम्लाको परिवेशमा कथा भनिएका कारण फिल्मको पहिलो दर्शकका रुपमा स्थानीय जनतालाई रोजेको निर्माण पक्षले जनाएको छ ।
निर्देशक दिनेश राउतले जुम्लाको भाषा, संस्कृति, रहन सहन, रितिरिवाजका माध्यमबाट कथा भनिएका कारण पहिलो दर्शकका रुपमा त्यहीका स्थानीय जनतालाई फिल्म देखाउन लागिएको जनाएका छन् ।
फिल्मको ८ भदौ बुधबार काठमाडौं प्रिमियर गरिने जनाइएको छ । फिल्मले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको छ । मुख्य पात्रका माध्यमबाट बर्गिय विभेदको कुरा पनि उठाइएको छ ।
दिनेश राउतको निर्देशन रहेको फिल्ममा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।
फिल्ममा विकास सुवेदीको लेखन, राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको फिल्मलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।
Comments
अरु समाचार
-
चलचित्र ‘प्रेमा’ आजदेखि प्रदर्शनमा
काठमाडौँ । नेपाली चलचित्र ‘प्रेमा’ आजदेखि प्रदर्शनमा आएको छ । प्रेमकथामा आधारित चलचित्र ‘प्रेमा’ अभिनेता अरुण क्षेत्री र अभिनेत्रीद्वय शुभेच्छा...
-
यो वर्षको ‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार मात्रिका पौडेललाई दिइने
काठमाडौं । रिपोर्टर्स क्लब नेपालले यो वर्षको मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेललाई दिने निर्णय...
-
लामा जोपा रिन्पोछेको पुस्तकमा सुखी
काठमाडौं । जीवनको उपाय बुद्ध धर्मका नीति, दर्शन र ज्ञानको प्रवद्र्धन गर्दै आएका लामा जोपा रिन्पोछे लेखकका रुपमा समेत परिचित...
-
अपूर्व क्षितिजलाई धरौटीमा छाड्न अदालतको आदेश
काठमाडाैं । काठमाडौं जिल्ला अदालतले कमेडियन अपूर्व क्षितिज सिंहलाई धरौटीमा छाड्न आदेश दिएको छ । बिहीबार न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले...
-
अपूर्व क्षितिजलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
काठमाडाैं । हास्यकालकार अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिइएको छ । नेवाः समुदायको भावनामा ठेस पुर्याउने...
-
पल शाहलाई अढाई वर्ष जेल सजाय, १० लाख क्षतिपूर्ति दिनुपर्ने
काठमाडौं । नवलपुर जिल्ला अदालतले बाल यौनदुरुपयोग आरोपित पल शाहलाई अढाई वर्ष जेल सजाय तोकेको छ । न्यायाधीश यज्ञप्रसाद आचार्यको...
-
पर्याप्त शो नदिएको भन्दै आजैदेखि ‘राधा’ देशभरका हलबाट उतारियो
काठमाडाैं । प्राइम टाइम र पर्याप्त शो नपाएको भन्दै ‘दि सिक्रेट अफ राधा’ मंगलबारबाटै देशभरका सिनेमा हलबाट उतारिएको छ ।...
-
बोर्ड अध्यक्षमा केसीलाई नियुक्त गर्ने सरकारकाे निर्णयको फायल माग्यो सर्वाेच्च अदालतले
काठमाडौं । सर्वोच्च अदालतले चलचित्र विकास बोर्ड अध्यक्षमा भुवन केसीलाई नियुक्त गर्ने सरकारको निर्णयको सक्कल फायल मागेको छ । नरेशकुमार...
-
‘कैची’को परिचर्चा पोर्तुगलमा
काठमाडाैं । युरोपियन मुलुक पोर्तुगलको लिस्वनमा कवि हरिशरण परियारको कविता संग्रह ‘कैंची’ माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय...