ताजा समाचार

सप्तरीमा तस्कर समूह र प्रहरीबीच झडप, तीन राउन्ड हवाई फायर

सप्तरी । सप्तरीमा तस्कर समूहले ढुंगामुढा गरेपछि प्रहरीले तीन राउन्ड हवाई फायर गरेको छ ।

मंगलबार दिउँसो साढे १२ बजे बलान बिहुल गाउँपालिका-४ बेल्हीमा तस्कर समूह र प्रहरीबीच झडप भएको हो । प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले तीन राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

तस्करहरुले गरेको ढुंगा प्रहारबाट तीन जना प्रहरी पनि घाइते भएको उनले बताए ।

घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । भारतबाट सामान तस्करी गरेर एक घरमा राखिएको सूचना पाएपछि प्रहरीको टोली पुगेको थियो । ती घरको खनतलासी गर्न नदिएर प्रहरीमाथि नै ढुँगा प्रहार गर्दा प्रहरीले हवाई फायर गरेको काफ्लेले बताए ।

उनका अनुसार सामान तस्करी गरी भारतबाट नेपाल भित्र्याएर घरमा राखेको भन्ने सूचना प्रहरीले पाएको थियो । सो सूचनाको आधारमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org