ताजा समाचार

क्यानको आकस्मिक बैठक बस्दै, लामिछानेलाई कप्तानबाट बर्खास्त गर्ने तयारी

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जवर्जस्ती करणी आरोपमा प्रहरीमा जाहेरी परेसँगै नेपाल क्रिकेट संघ (क्यान)ले आकस्मिक बैठक बोलाएको छ ।

क्यानले लामिछानेविरुद्ध परेको जाहेरीबारे छलफल गर्न आकस्मिक बैठक बोलाएको हो । आज बस्ने बैठकले उनलाई कप्तानबाट बर्खास्त गर्ने तयारी थालेको जनाइएको छ ।

`आज बस्ने बैठकले संवेदनशिल विषयमा जाहेरी परेपछि अनुसन्धानलाई सहयोग पुर्‍याउन संभवत उनलाई कप्तानबाट हटाउने निर्णय हुन्छ होला´, एक सदस्यले भने ।

लामिछानेविरुद्ध १७ वर्षीय किशोरीले भक्तपुर र काठमाडौंका विभिन्न स्थानमा घुमाएर राति ११:५५ मा एक होटलमा लगेर पटक पटक जवर्जस्ती करणी गरेको आरोपसहित प्रहरीमा जाहेरी दिएकी छन् ।

प्रहरीले ती किशोरीको विस्तृत अनुसन्धान सुरु गरिसकेको जनाएको छ । भने, उनको स्वास्थ्य परिक्षण समेत गरिएको जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org