ताजा समाचार

प्रहरीले संकलन गर्‍यो सन्दिप र किशोरी नगरकोट र होटलमा गएको सीसीटीभी फुटेज

काठमाडाैं । नाबालिकामाथि बलात्कार आरोपमा जाहेरी दर्ता भएसँगै प्रहरीले नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्धका प्रमाण संकलन सुरु गरेको छ। उनी बसेको भनिएका नगरकोट र काठमाडौंका होटलका सीसीटीभी फुटेज संकलन गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरत बोहराले बताए।

कप्तान लामिछाने र पीडित किशोरी काठमाडौंको होटलमा करिब सात घन्टा बसेको खुलेको छ। भदौ ५ गते राती सन्दीप र ती किशोरी राति ११:५५ मा होटल पसेको देखिएको छ। मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेसँगै प्रहरीले प्रमाणहरू संकलन गर्न थालेको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार होटल काठमाडौं इनमा लामिछाने किशोरीसहित राति ११:५५ बजे पुगेका थिए । उनीहरु बिहान साढे ६ बजेतिर फर्किएको देखिएको एक प्रहरी अधिकृतले न्युज नेपाललाई बताए ।

‘यसले घटना भएको भनिएको दिन पीडित र लामिछानेसँगै भएको देखाउँछ, होटलका कर्मचारीले पनि दुईजनाको उपस्थितिलाई पुष्टि गरिदिएका छन्,’ एक अधिकृत भन्छन्, ‘लामिछाने नियमित जाने होटल भएकाले त्यो दिन उनीहरु कसेको पनि परिचय पत्र त्यहाँ राखिएको रहेनछ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org