ताजा समाचार

कप्तान लामिछानेलाई पक्राउ गर्न अदालतको अनुमति

काठमाडौं । जिल्ला अदालत काठमाडाैंले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको छ ।

लामिछानेविरुद्ध नाबालिक किशोरीले बलात्कार आरोपमा जाहेरी दिएपछिपछि प्रहरीले अनुसन्धान गर्न अदालतसंग अनुमति मागेको थियो । सोहि अनुमति अनुसार लामिछानलाई पक्राउ गर्न अदालतले अनुमति दिएको हो ।

लामिछानेलाई पक्राउ गर्न अदालतले अनुमति दिएको प्रहरी उच्च स्रोतले जनाएको छ । अब उनलाई कुनैपनि बेला प्रहरीले पक्राउ गर्न सक्छ ।

लामिछाने हाल देश बाहिर छन् । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार उनले आफ्नो संलग्नता अस्वीकार गर्दै कानुनी सहायताका लागि अनुरोध गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org