ताजा समाचार

विश्वकप फुटबल : आजदेखि नकआउट चरणमा राेमान्चक प्रतिस्पर्धा

दोहा । विश्वकप फुटबलमा रोमान्चक प्रतिस्पर्धा जारी छ । समूह चरणका खेलहरु सकिएका छन् । आज (शनिबार)देखि भने प्रि-क्वाटरफाइनलका खेलहरू सुरु हुँदैछन् । पहिलो खेलमा आज नेदरल्यान्ड्स र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ ।

नेदरल्यान्ड्स र अमेरिका बीचको खेल नेपाली समय अनुसार ८ः४५ मा सुरु हुनेछ । कलिफा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा जित निकाल्दै नेदरल्यान्ड्स क्र्वाटरफाइनलमा प्रवेश गर्ने योजनामा छ । अमेरिका भने समूह ‘बी’ को उप-विजेता बन्दै नकआउट चरणमा पुगेको थियो । अमेरिका पनि आजको खेलमा जित निकाल्दै क्र्वाटरफाइनलमा आफूलाई स्थापित गर्ने ध्याउन्नमा रहेको छ । यता, नेदरल्यान्ड्स समूह ‘ए’ को विजेता बन्दै अन्तिम १६ पुग्न सफल भएको थियो ।

आज हुने अर्को खेलमा अर्जेन्टिनाले अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । अर्जेन्टिना र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै उपाधि दाबेदार मानिएको अर्जेन्टिना क्वाटरफाइनलमा पुग्ने योजनामा छ । यता अष्ट्रेलिया पनि विश्वकपमा पहिलो पटक क्वाटरफाइनलमा पुग्ने योजनामा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org