ताजा समाचार

विश्वकपमा फ्रान्स र पोल्यान्ड तथा इङ्ल्यान्ड र सेनेगल भिड्दै

दोहा । कतारमा जारी फिफा विश्व कप फुटबलमा आज (आइतबार) दुई खेल हुँदैछन् । फ्रान्स र पोल्यान्ड तथा इङ्ल्यान्ड र सेनेगलबीच रोमान्चक प्रतिस्पर्धा हुने भएको हो । पहिलो खेल राति पौने ९ बजे फ्रान्स र पोल्यान्डबीच हुने छ भने दोस्रो खेल इङ्ल्यान्ड र सेनेगलबीच राति पौने १ बजेदेखि हुनेछ।

पोल्यान्ड समूह सी को उपविजेता र फ्रान्स समूह डी को विजेता बन्दै नकआउट चरण पुगेको हो । यस्तै, इङ्ल्यान्ड समूह बी को विजेता र सेनेगल समूह ए को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

गएराति भएको खेलमा भने अर्जेन्टिनाले जित हासिल गरेको छ । अर्जेन्टिना अस्ट्रेलियालाई १का विरुद्ध २ गोलले पराजित गर्दै क्र्वाटर फाइनलमा प्रवेश गरेको हो । नेदरल्यान्ड्स भने अमेरिकालाई ३-१ गोल अन्तरले हराउँदै अन्तिम आठमा प्रवेश गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org