ताजा समाचार

मोरक्कोका फुटबल प्रशिक्षक वालिदले इतिहास रचे

काठमाडौं । मोरक्कोका फुटबल प्रशिक्षक वालिद रेग्रागुईले आफ्नो जीवन कालको नयाँ इतिहास रचेका छन् । आफ्नो टिमलाई फिफा विश्वकपको क्वाटरफाइनलमा पुर्‍याएर योगदान दिँदै इतिहास रचेका हु्न् ।

कतारमा जारी विश्वकप २०२२ मा पूर्वविजेता स्पेनलाई पराजित गर्दै मोरक्को पहिलो पटक विश्वकप क्वाटरफाइनलमा पुगेको छ । जारी खेलबाट विश्वकपमा आफ्नो देशको टिमलाई क्वाटरफाइनल पुर्याउने उनी पहिलो अफ्रिकन प्रशिक्षक बनेका हुन् ।

यसअघि क्यामरुन, सेनेगल र घाना विश्वकप क्वाटरफाइनल पुग्दा सबैमा युरोपियन प्रशिक्षक थिए । तर यस पटक भने कतारमा विश्वकप खेलेका पाँचवटै अफ्रिकन टिममा प्रशिक्षक आ–आफ्नै देशका थिए । त्यसमा वालिद सफल रहे ।

अन्तिम १६ मा स्पेनलाई पेनाल्टीसुटआउटमा ३–० ले पराजित गर्दै मोरक्को क्वाटरफाइनल पुगेको छ। वालिद मोरक्कोको प्रशिक्षक बन्नुमा पनि संयोग जोडिएको छ । गत अगष्ट अन्तिममा मुख्य प्रशिक्षक भाहिद हालिहोडिचलाई बर्खास्त गर्दै मोरक्को फुटबल संघले पूर्व खेलाडी वालिदलाई प्रशिक्षक नियुक्त गरेको थियो । उनले सेप्टेम्बर २१ मा मदागास्कर विरुद्ध १–० को जितबाट मोरक्कोको प्रशिक्षकका रुपमा डेब्यु गरेका थिए । त्यसयता उनी अपराजित रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org