ताजा समाचार

ट्विटरको क्रियाकलापसँग संयुक्त राष्ट्र संघ आक्रोशित

न्यूयोर्क । पत्रकारको एकाउन्ट बन्द गर्ने ट्वीटरविरुद्ध संयुक्त राष्ट्र संघ आक्रोशित भएको छ । ट्विटरको यो निर्णय उपयुक्त नभएको भन्दै राष्ट्रसंघ आक्रोशित भएको हो । पछिल्लो समय ट्विटरले न्युयोर्क टाइम्स, सीएनएन र वासिङ्टन पोस्टका केही पत्रकारको एकाउन्ट बन्द गरेको छ । राष्ट्रसंघअघि सो कदमको युरोपियन युनियनले विरोध गरेको थियो ।

राष्ट्र संघले मिडिया स्वतन्त्रता कुनै खेलौना नभएको प्रतिक्रिया दिएको छ भने युरोपेली संघले ट्विटरलाई नै प्रतिबन्ध लगाउने चेतावनी दिँदै आएको छ । ट्वीटरका प्रवक्ताले भने अमेरिकी समाचार वेबसाइटमा कार्यरत पत्रकारको लोकेशन डाटाको लाइभ आदानप्रदानका लागि ट्विटर खाता निलम्बन गरिएको भन्दै आफ्नो बचाउ गरेका छन् । पत्रकारहरूलाई ट्विटरबाट मनोमानी ढंगले गरिएको निलम्बनबाट गहिरो चिन्ता बढाएको संयुक्त राष्ट्र संघका पदाधिकारीहरुले जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org