ताजा समाचार

‘अब प्रदेश सरकार पनि आलोपालोमा चलाउँछौं’

काठमाडौं । काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा मंसिर ४ गतेको चुनावअघिकै गठबन्धन कायम भएको जनाएका छन् । उनले अब संघ र प्रदेश सरकारलाई पूर्णता दिइने पनि जनाए । अब संघ र प्रदेश सरकारलाई पूर्णता दिइने पनि जनाए । प्रतिनिधिसभाबाट सोमबार ११ दलको विश्वासको मत पाएको भन्दै उनले अब प्रदेश सरकारलाई पनि आलोपालोमा पूर्णता दिने बताएका हुन् ।

गोरखामा आफ्नो चुनाव क्षेत्रमा पर्ने पन्थडिही– कटहरे–हर्मी– साहिलटार सडक शिलान्यास गर्दै मंगलबार उनले प्रदेश सरकारहरु पुनर्गठन गर्ने कुरामा आफूहरुले सबै प्रदेशमा आलोपालो प्रणालीद्वारा सरकारलाई पूर्णता दिने जनाए । आलोपालोबाट सरकार चलाउँदै जनताको विकास निर्माण र समृद्धिको आकांक्षा सम्बोधन गर्न एकीकृत रुपमा काम अगाडि बढाउने प्रचण्डको दाबी छ ।

प्रमुख दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच संघीय सरकारको नेतृत्व आलोपालो प्रणाली अनुसार गर्ने समझदारी भएको स्रोतहरुको दाबी छ । प्रधानमन्त्रीले प्रदेश सरकारलाई पनि आलोपालो प्रणालीमा पूर्णता दिने बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले संघीय सरकारलाई पूर्णता दिन पनि छलफल सुरु भइसकेको बताए । ‘हिजोबाट फेरि राजनीतिक वातावरण, एउटा लय पक्डिएको छ । झण्डै ११ वटा पार्टीको विश्वासको मतसहित अब हामी सरकारलाई पूर्णता दिने प्रक्रियामा छौं । आज विहानबाटै नेपाली कांग्रेस र अन्य पार्टीहरुसँग गम्भीर संवाद छलफल भएको छ सरकारलाई पूर्णता दिने बारेमा’ उनले भने ।

आफ्नो चुनाव क्षेत्रमा सडक शिलान्यास गर्दै प्रचण्डले चुनावको दौरान आफूले गरेको प्रतिवद्धता पूरा गर्ने बताए । सडक शिलान्यास सामान्य नभई निर्वाचनको बेला जनताको अगाडि गरेको प्रतिवद्धता पूरा गर्ने कुराको उद्घाटन समेत रहेको उनले जानकारी दिए । कार्यक्रममा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार बिकासमन्त्री नारायणकाजी श्रेष्ठले जनताको भावना अनुसार काम गर्न सरकार प्रतिवद्ध भएको बताए । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले मंगलबार शिलान्यास गरिएको सडक गोरखा र लम्जुङलाई जोड्ने रणनीतिक सडक भएको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org