ताजा समाचार

‘वर्तमान सरकारले युवा र खेलाडीलाई सबैभन्दा धेरै प्राथमिकता दिएको छ’

भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारले युवा र खेलाडीलाई धेरै प्राथमिकता दिएको बताउनु भएको छ । चितवनको भरतपुरमा नेपाल कराँते महासङ्घको सातौँ प्रशिक्षक प्रशिक्षण तथा मास्टर्स मिट्स प्रतियोगिताका लागि आयोजित समारोहलाई भर्चुअल सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारबाट शनिबार भर्चुअल सम्बोधनका क्रममा उहाँले खेलाडीलाई हौसला बढाउनेदेखि प्रतियोगितामा विजयी खेलाडीलाई पुरस्कृत गर्ने, खेल क्षेत्रका कार्यक्रममा उपस्थित भएर सम्बोधन गर्ने गरेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘मैले आफ्नो तेस्रो कार्यकालमा खेल क्षेत्रलाई सबैभन्दा बढी महत्त्व दिएको छु । तीन महिनाको अवधिमा मैदानमै पुगेर खेलाडीलाई हौसला बढाउनेदेखि प्रतियोगितामा विजयी खेलाडीलाई पुरस्कृत गरेको छु ।’

प्रधानमन्त्री दाहालले खेल क्षेत्रका कार्यक्रममा उपस्थित भएर सम्बोधन गर्ने र खेल क्षेत्रसँग सम्बन्धित पदाधिकारीलाई बोलाएर यसको विकास, खेलाडीको भविष्य निर्माण र भविष्यमा खेल क्षेत्रमा देशको उचाइ कसरी बढाउन सकिन्छ भन्नेबारे निरन्तर संवाद र अन्तरक्रिया गर्दै आएको उल्लेख गर्नुभयो ।

राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को सहयोगमा नेपाल कराँते महासंघको सातौँ प्रशिक्षक प्रशिक्षण आयोजना गरिएकामा प्रधानमन्त्री प्रचण्डले सफलताको शुभेच्छासहित सम्पूर्ण खेलाडीको उत्तरोत्तर प्रगति र उज्ज्वल भविष्यको कामना गर्नुभयो । विसं २०३८ सालदेखि औपचारिक रूपमा ७७ जिल्लामा नै संस्थागत संरचना निर्माण भएर लाखौैँ खेलाडी आबद्ध रहेको कराँते खेल देशका लागि मात्र नभएर अन्तर्राष्ट्रिय गौरवको विषयसमेत बनेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org