ताजा समाचार

न्याय नपाएका बलात्कृत पुरुष र लैंगिक अल्पसंख्यक

लेखक- विकास गुप्ता :

धेरै देश अझै पनि पुरुष र लैगिक अल्पसंख्यहरु पनि बलात्कारका पीडित हुन सक्छन् वा महिलाले पनि बलात्कार गर्न सक्छन् भनेर मान्न तयार छैनन् ।  पुरुष र लैंंगिक अल्पसंख्यक बलत्कारको बिषय हाम्रो समाजको लागि ठुलो बिषय हो । यो विषयलाई हाम्रो समाजमा ढाकछोप गर्ने काम गरिन्छ र कहिले पनि चर्चा गरिदैंन । पुरुष र लैगिक अल्पसंख्यकहरुको पनि बलत्कार हुन्छ भने हाम्रो समाजले विश्वास गर्न सकेको छैन । बलत्कारको पीडित त महिलाहरु मात्र हुन्छन् भने समाजले बिश्वाश गर्छ । तर बलात्कार पीडित पुरुष र लैगिक अल्पसंख्यकहरु पनि हुन्छन् भन्ने एउटा घटनाले प्रस्ट पारेको छ । सो घटना अमेरिकाको मिचिगनमा भएको थियो । १७ वर्षकी किशोरीले आफूभन्दा जेठो पुरुषलाई चक्कु देखाएर बलत्कार गरेकी थिइन् । प्रहरीका अनुसार लेस्टिनाले चक्कु देखाएर आफूसँग मुखमैथुन र सम्भोग गर्न पुरुषलाई बाध्य पारेकी थिइन् । यस्ता घटनाहरु दिनदिनै घटिरहेका हुन्छन् । तर पुरुष र लैंगिक अल्पसंख्यकहरुले सामाजमा आफू कलंकित हुने डरले आफ्नो पिडालाई सामाजको आगाडि उजागार गर्न सकेका छैनन् ।

नेपालमा पनि केटा र र लैंगिक अल्पसंख्यकहरुको बलात्कार भैरहेको छ, तर हाम्रो कानुनले पुरुष र लैगिक अल्पसंख्यकमाथि हुने बलात्कारलाई स्वीकार गरेको छैन । कानुन नभएको कारणले गर्दा केटाहरू र लैंगिक अल्पसंख्यकहरु बलात्कृत भएँ भनेर बाहिर आउन पाएका छैनन् । नेपालको कानुनले नै पुरुषहरू र लैगिक अल्पसंख्यकहरु बलात्कृत हुन्छन् भनेर मानेकै छैन र बिधायिकाले सोच्न सकेको छैन ,अनि कहिल्यै यस्तो हुन्छ भनेर जोकोहीले सोच्न सक्छौं । हामी महिलाहरुलाई भन्छौं, ‘यस्तो लुगा नलगाऊ, राति ढिलासम्म नबस ’ । तर कसैले छोरा र लैगिक अल्पसंख्यकलाई भन्छ र रु भन्दै भन्दैन, सोच्दै सोच्दैन, हाम्रो सोचाइ नै त्यहाँ पुगेको छैन । रिसर्च गर्ने हो भने नेपाली पुरुष र लैगिक अल्पसंख्यकहरु पनि बलात्कारको शिकारमा परेका छन् ।

एउटा घटना झापाको कन्काई नगरपालिकामा भएको थियो । २०७७ साल फागुन ७ गते शनिबार झापाको कन्काई नगरपालिका वडा न ७ मा पर्ने बिरिंग खोलामा एक ३० वर्षीय एक युवकलाई सोही नगरपालिका वडा न ७ बस्ने २१ वर्षीय विनोद टुडु र वडा न ०६ बस्ने १९ वर्षीय पारस तामाङले जबर्जस्ती करणी गरेका थिए । पीडितले आफू हिंसामा परेको भनेर उजुरी दिएका छन् । तर कानून नभएको कारणले गर्दा पीडितले न्याय पाउन सकेका छैनन् ।

नेपालमा पहिलो मुलुकी ऐन १९१० मा बलात्कारको खास परिभाषा उल्लेख नगरिए पनि भएका प्रावधानअनुसार महिला मात्र पीडित हुन सक्ने व्यवस्था थियो । मुलुकी ऐन २०२० ले जबर्जस्ती करणीको सटिक परिभाषा उल्लेख गरेको थियो । जारी हुँदाका बखत कुनै पुरुषले मञ्जुरीबिना कुनै महिलालाई वा मञ्जुरी लिएरै भए पनि १४ वर्षभन्दा कम उमेरकी बालिकालाई करणी गरेमा बलात्कार मानिने व्यवस्था थियो । पछि विभिन्न संशोधनहरूद्वारा मञ्जुरीका लागि योग्य हुने उमेर १६ वर्ष पुर्‍याइयो र करणी बाहेक अन्य प्रकारका यौन क्रियाकलापलाई पनि परिभाषामा समेटियो । लैङ्गिक समानता कायम गर्न केही नेपाल ऐन संशोधन गर्ने ऐन २०६३ ले बलात्कारको पीडक पुरुष मात्र हुन सक्ने प्रावधान संशोधन गरेर ‘कसैले’ भन्ने शब्द राख्यो । महिलाले पनि महिलाको बलात्कार गर्न सक्छन् भनेर सर्वोच्च अदालतले २०७३ भदौ १३ गते व्याख्या गर्दै ऐतिहासिक नजिर पनि स्थापना गरिसकेको छ । कृत्रिम लिङ्गको प्रयोग गरेर महिलालाई करणी गरेको मुद्दामा पीडक महिलालाई जबर्जस्ती करणीकै दोषी मान्नेगरी फैसला भएको छ ।

मुलुकी ऐन २०२० लाई विस्थापित गर्दै लागू भएको अपराधसंहिता २०७४ अनुसार कसैले कुनै महिलालाई मञ्जुरीबेगर वा १८ वर्षभन्दा कम उमेरकी बालिकालाई मञ्जुरी लिएर भएपनि योनी, गुदद्वार वा मुखमा लिङ्ग प्रवेश गराउनु वा योनीमा अरू केही वस्तु प्रवेश गराउनु जबर्जस्ती करणी हो । लैङ्गिक तटस्थ शब्द ‘कसैले’को प्रयोग र सर्वोच्च अदालतको नजिरलाई आधार मानेर महिला पनि पीडक हुन सक्ने व्यवस्था छ । तर, जबर्जस्ती करणीको पीडित चाहिँ महिला मात्र हुन सक्ने स्पष्ट प्रावधान छ ।

महिला र पुरुषको आत्मसम्मान बराबरी हुन्छ भन्ने मान्यतामा आधारित व्यवस्था गर्नुपर्छ । बलात्कारसम्बन्धी कानुनको मुख्य उद्देश्य मानिसको यौनिक स्वाधीनतालाई सहमतिबेगरको यौन क्रियाकलापबाट जोगाउनु हो । यसमा फरक लिङ्गको पीडित वा पीडक हुँदैमा कानुन आफ्नो मूल उद्देश्यबाट विचलित हुनुहुँदैन । अर्कोतर्फ महिलाले पुरुषको र लैगिक अल्पसंख्यको बलात्कार गर्न नसक्ने मान्यताका पछाडि शारीरिक संरचनालाई विचार गर्नुपर्ने मत पनि सुनिन्छ । पुरुष मानसिक रूपमा शारीरिक सम्बन्धका लागि तयार नभई वा उत्तेजित नभई महिलासँग सम्बन्ध स्थापना नै नहुने तथ्य जैविक यथार्थ भएकाले विज्ञानलाई चुनौती दिएर कानुन बनाउन नमिल्ने तर्कहरू आइरहेका हुन्छन् तर कुनै व्यक्तिले कुनै व्यक्ति पुरुष वा लैंगिक अल्पसंख्यकलाइ उसको मन्जुरी बिना वा बिभिन्न धाकधम्कि, शारीरिक बल प्रयोग गरि, अचेत अवस्था, जालझेल, डरत्रास वा बाध्यतामा पारी वा नशालु पदार्थको प्रयोग गरि यौन सम्पर्क गरेमा, वा मुख मैथुन गर्न लगाएमा बलात्कार गरेको बुझिन्छ्र

बीसौँ शताब्दीकी शक्तिशाली फेमिनिस्ट लेखक सुजन ब्राउनमिलर आफ्नो पुस्तक ‘अगेन्स्ट आवर विल १९७५० मा कुनै पनि बलात्कार यौनप्राप्तिका उद्देश्यले नहुने दाबी गर्छिन् । मनोवैज्ञानिक निकोलस ग्रोथले बलात्कारका दोषीहरूको अध्ययन गरेर प्रकाशित गरेको मेन हु रेप १९७९० मा सुजनको दाबीलाई बल पुग्ने तथ्यहरू उल्लेख गरेका छन् ।

उनका अनुसार बलात्कारका मुख्य तीन कारणमा अर्कालाई पीडा दिएर सन्तुष्टि लिने अभिप्राय, रिस र नियन्त्रणको चाहना हुन् । शारीरिक आकर्षण र यौनका लागि मात्र बलात्कार हुन्थ्यो भने बालिकादेखि वृद्धासम्म पीडित नहुनुपर्ने उनको तर्क छ । पछि विभिन्न अध्ययनहरूले सुजनको दाबी र ग्रोथको तथ्यमा धेरै प्रश्न उठाएका छन् । तर, बलात्कारको कारण विशुद्ध यौनप्राप्तिको उद्देश्य मात्र होइन भन्ने स्पष्ट छ ।
merriam-webster नामक अंग्रेजी डिक्सनरीमा बलात्कारलाइ यसरि परिभाषित गरिएको छ ; “unlawful sexual activity and usually sexual intercourse carried out forcibly or under threat of injury against a person’s will or with a person who is beneath a certain age or incapable of valid consent because of mental illness, mental deficiency, intoxication, unconsciousness, or deception” जसको अर्थ “गैरकानूनी यौन गतिविधि र सामान्यतया एक व्यक्तिको इच्छा विरुद्ध वा एक निश्चित उमेर मुनिको व्यक्ति वा मानसिक रोग, मानसिक कमजोरी, नशा, बेहोशी, वा छलका कारण मान्य सहमतिको लागि असक्षम व्यक्तिसँग जबरजस्ती गरिएको यौन सम्बन्ध” हुछ| यसबाट बलात्कार कुनै पनि लिंगको व्यक्तिलाई हुन् सक्ने बुझ्न सकिन्छ|

महिला र पुरुष बीचको विभेदकारी जकडिएर रहेको संस्कारले गर्दा पुरुष र महिलाबीच विभेदकारी ऐन नियमका व्यवस्थाहरु नजानिँदो रुपमा निर्मित हुने र वहाल रहने गर्दछ, जसको परिणाम मुलुकी अपराधसंहिता,२०७४ (यसपछी अपराध संहिता भनिएको) को दफा २१९ समेत रहेको देखिन्छ । अपराधसंहिताको दफा २१९को उपदफा (२) हेर्ने हो भने “कसैले कुनै महिला निजको मन्जुरी नलीई करणी गरेमा वा मन्जुरी लिएर भएपनि १८ वर्ष भन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ति करणी गरेको मानिनेछ ्र” र यसै उपदफा अनुरुप बनेको उपदफा (३) मा “जवर्जस्ती करणी गर्ने व्यक्तिलाई त्यसरी करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी देहाय बमोजिम कैद हुनेछ ” भन्ने व्यवस्था रहेको छ । यस दफाको उपदफा (२) र (३) ले महिलामात्र पिडित हुन् सक्ने र न्याय पाउने तर पुरुष र लैंगिक अल्पशंख्यक कानूनानुसार पिडित नै नमानिने र न्याय पाउन बाट बन्चित हुने देखिन्छ्र एकै अपराधको पिडित हुँदा पनि कोहि महिला भएकै कारणले न्याय पाउने तर कोहि महिला नभएकै कारणले न्याय बाट बन्चित हुनु पर्ने व्यवस्था संविधानले प्रदान गरेको समानताको हक बिपरित छ्र पुरुष र लैंगिक अल्पशंख्यक बलात्कृत हुदा मुलुकि अपराध संहिताले कुनै किसिमको कानूनी व्यबस्था गरेको छैन, यहाँ अपराधसंहिताले पुरुष र महिलाबीच असमान व्यवस्था गरेको पाइन्छ्र । यसले समाजमा बिकृति र विसंगतिलाई फैलाई रहेको प्रस्ट रुपमा देखिन्छ,्र यो कानूनी व्यवस्थाले जबर्जस्ति करणीको स्थितिमा पुरुषलाई भेदभाव गरेको पाइन्छ जुन नेपालको संविधानको धारा १८ (२) को खिलाप रहेको छ र यसले धारा १६ सम्मानपूर्वक बाच्न पाउने हकको उपधारा (१) समेत हनन भएको छ ।

अन्य देशहरुमा रहेको बलात्कारसम्बन्धी कानुनहरुलाई हेर्दा धेरै देशहरुमा बलात्कारसम्बन्धी कानुनमा लैंगिक तटस्थताको अनुशरण गरिएको पाइन्छ ।  जर्मनीको अपराध संहिताको दफा १७७ (१) मा “ whosoever coerces another person”, संयुक्त राज्य अमेरिकाको code 10 USC 920 को १२० (a) मा “ Any person subject to this chapter who commits a sexual act upon another person by …..”, बेलायत(UK)को इंगलैंड र वेल्स राज्यको “Sexual offences Act 2003” दफा १ को उपदफा (१) मा “ A person (A) commits an offence if- (a) he intentionally penetrates the vagina, anus or mouth of another person (B) with his penis, (b) B does not consent to the penetration, and (c) A does not reasonably believe that B consents. ”, उत्तरी आयरल्याण्ड राज्यको “Sexual offences ( North Ireland) Order 2008” दफा ५ को उपदफा (१) मा “ A person (A) commits an offence if- (a) he intentionally penetrates the vagina, anus or mouth of another person (B) with his penis, (b) B does not consent to the penetration, and (c) A does not reasonably believe that B consents. ” र स्कोटल्याण्ड राज्यको “Sexual Offences (Scotland) Act 2009”को दफा (१) को उपदफा (१) मा “ If a person (“A”), with A’s penis- (a) without another person (“B”) consenting, and (b) without any reasonable belief that B consents, penetrates to any extend, either intending to do so or reckless as to whether there is penetrates, the vagina, anus of mouth of B then A commits an offence, to be known as the offences of rape.” र दक्षिण अफ्रीकाको “Criminal Law (Sexual Offences and Related Matters) Amendment Act, 2007” को परिच्छेद २ भाग १ को दफा ३ मा “Any person (“A”) who unlawfully and intentionally commits an act of sexual penetration with a complainant (“B”), without the consent of B, is guilty of the offence of rape.”

यी देशहरुको कानुनमा हेर्दा पिडितलाइ “person” अर्थात् व्यक्ति भनि तोकिएको छ, जसअन्तर्गत पुरुष, महिला र लैंगिक अल्पसंख्यक समेतलाई समेटिएको पाइन्छ ्र तर हाम्रो देशको अपराधसंहिताले महिलामात्र पिडित हुने परिकल्पना गरेको छ्र । करणी पुरुष र लैंगिक अल्पसंख्यकसँग पनि हुन्छ भन्ने अन्य देशहरुले पनि आफ्नो कानूनमा प्रस्ट रुपमा व्याख्या गरेका छन् । न्याय भनेको कुनै पनि व्यक्तिको नैसर्गिक अधिकार हुन्छ । तर अपराधसंहिताले नागरिकहरुको नैसर्गिक अधिकार माथि बन्देज लगाएको छ्र ।

लैङ्गिक रूपमा तटस्थ प्रावधान नहुँदा समयौनिक र द्वियौनिक मानिसहरू धेरै पीडित हुन्छन् । कानुनले हरेक अपराधमा पीडितलाई न्याय दिलाउनुपर्ने र संरक्षण गर्नुपर्ने हो । तर, कुनै समयौनिक पुरुषलाई अर्को पुरुषले बलात्कार गरेमा अहिलेको प्रावधानले त्यसलाई बलात्कारको रूपमा स्वीकार नै नगरेर उल्टै पीडितलाई नै दोषारोपण गर्ने अवस्था सिर्जना गरिदिन्छ । आशा छ, आउने दिनमा सबै पीडितले न्यायको पहुँच पाउनेछन् । नयाँ प्रावधान र त्यसको उचित कार्यान्वयनले भविष्यमा अपराधको दर पनि घटाउनेछ र सुरक्षित समाज निर्माण गर्नेछ । ्र

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org