मदन भण्डारी राष्ट्रिय रिङ रेस्लिङ सुर्खेतमा हुने
काठमाडौं । मदन भण्डारी स्पोर्ट्स एकेडमीको रिङ रेस्लिङ विभागको आयोजनामा दोस्रो मदन भण्डारी रिङ रेस्लिङ राष्ट्रिय प्रतियोगिता आगामी जेठको दोस्रो सातामा हुने भएको छ । बहत्तरौँ मदन स्मृति तथा मदन जयन्तीको अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको एकेडेमीका केन्द्रीय उपाध्यक्ष तेजविक्रम बस्नेतले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उक्त प्रतियोगिता आगामी जेठ १३ गते सुर्खेतमा हुनेछ ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीले घोषणा गरेको विविध खेलकुद प्रतियोगिताअन्तर्गत रेस्लिङको दोस्रो संस्करण सुर्खेतमा हुन लागेको नेपाल रिङ रेस्लिङ सङ्घकी महासचिवसमेत रहनुभएकी एकेडेमीकी केन्द्रीय उपमहासचिव सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो ।प्रतियोगितामा लाइटवेटतर्फ सिजे वल्र्ड र कम्ब्याटको भिडन्त हुनेछ । यसका साथै महिलातर्फ तन्नु र आकृति भिड्ने छन् भने ट्याग टिम भिडन्तमा टुप्पी ग्याङले सुजलको टिमसँग तथा एक्स हिरोबीच हुनेछ । हार्डकोर भिडन्तमा चट्टान र स्पाइडरम्यान उपाधिका लागि रिङमा उत्रने छन् । लाइटवेटमा डेभिडले र साइनको सामना गर्नेछन् । नुवाकोटे टाइगर र किङ रोबोर्ट हेभीवेटमा भिड्ने छन् ।
लाइटवेटतर्फको विजेता खेलाडीले रु ५० हजार, ट्याग टिम च्याम्पियनले रु ५० हजार, लेडिज वेट च्याम्पियनले रु ६० हजार, मिडलवेट च्याम्पियनले रु ७० हजार, हार्डकोर च्याम्पियनले रु ७५ हजार र हेभीवेट च्याम्पियनले रु एक लाख पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् । उपमहासचिव श्रेष्ठले प्रतियोगिताले कर्णाली प्रदेशको आन्तरिक तथा बाह्य पर्यटनको विकाससँगै कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुदको प्रचारप्रसारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
Comments
अरु समाचार
-
प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका कार्कीविरुद्ध उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिको आज बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका कामु प्रधान न्यायाधीश हरिकृष्ण कार्की विरूद्ध उजुरी दिन आह्वान...
-
लुम्बिनी प्रदेशसभा : विनियोजन विधेयक प्रस्तुत
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा विनियोजन विधेयक २०८० प्रस्तुत गरेको छ । आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले आइतवार सभामा आगामी...
-
आज गणतन्त्र दिवस
काठमाडाैं । सोह्रौँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट विंस २०६५ जेठ १५ गते निरंकुश...
-
४८२ कैदीको बाँकी कैद मिनाहा, रेशम चौधरी पनि छुट्ने
काठमाडौं । गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिको कार्यालयले टोपबहादुर बुढासहित १९ जनालाई आम माफी दिएको छ । त्यस्तै ४८२ कैदीको बाँकी...
-
बागमती प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै
काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । उक्त बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने...
-
संयुक्त बैठक र संयुक्त समिति नियमावली मस्यौदामा दफाबार छलफल सुरु
काठमाडौं । ‘सङ्घीय संसद्को संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफाबार छलफल सुरु भएको छ । आज...
-
तीन वर्षमा एक सय १७ घरगोठ जले, ११ जनाको मृत्यु
काठमाडौं । आगलागीबाट गुल्मीमा तीन वर्षमा एक सय १७ घरगोठ जलेर नष्ट भएका छन् । जिल्लाका विभिन्न पालिकामा गरी पछिल्लो...
-
नेपाल सुन चाँदी व्यवसायी महासङ्घ
काठमाडौं । सुनको भाउ आज सामान्य घटेको छ । तोलामा दुई सय रुपैयाँले घटेर सुन आज १ लाख ८ हजार...
-
भारतले नेपालमा दोस्रो अन्तर्देशीय पेट्रोलियम पाइपलाइन निर्माण गरिदिने
काठमाडौं । भारतले नेपालमा पेट्रोलियम पाइपलाइन र इन्धन भण्डारण डिपोका तीन वटा परियोजना अनुदानमा निर्माण गरिदिने भएको छ । १७...