ताजा समाचार

अनुसन्धान जारी छ, बयानकै आधारमा पक्रन मिल्दैन: गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा सञ्चारमाध्यममा नाम आएकाहरुको थप अनुसन्धान भइरहेको बताएका छन्।

बिहीवार नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणबारे निष्पक्ष छानबिनको माग गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन्। मन्त्री श्रेष्ठले कोही व्यक्तिले दिएको बयानकै आधारमा मात्रै पक्राउ गर्न नमिल्ने भन्दै थप अनुसन्धान भइरहेको जानकारी दिए।

उनले राजनीतिक दलहरूले नागरिकलाई जीवन फेरिएको अनुभूति दिन नसकेको बताए। उनले देशमा भ्रष्टाचार र कमिशनको जालो नतोड्दासम्म समृद्धिको यात्रा सफल हुन नसक्ने बताए। उनले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्न आवश्यक भएको बताए।

उनले देशको नागरिकलाई अनागरिक बनाई विदेश पठाई सम्पत्ति कमाउने काम सह्य नहुने बताए। उनले राजनीतिक प्रभाव र अवाञ्छित दबाबबाट मुक्त भएर स्वतन्त्र रूपमा छानबिन गर्न प्रहरीलाई निर्देशन दिएको पनि बताए।

उनले भने, ‘जनतालाई हामीले जीवन फेरिएको अनुभूति दिलाउन सकेका छैनौँ। त्यसका लागि हामीले केही गर्नुपर्छ। भ्रष्टाचार र कमिशनले देश जर्जर बनाएको छ। यो जालो नतोड्दासम्म समृद्धिको यात्रा पूरा हुन सक्दैन। आफ्नै देशको नागरिकलाई अनागरिक बनाई अर्काको देशको शरणार्थी बनाई विदेश पठाई सम्पत्ति कमाउने काम सह्य हुँदैन। अनुसन्धान प्रक्रिया अघि बढाएर अदालतमा पेस गरेका छौँ। अन्तिम फैसला अदालतले गर्छ, त्यो फैसला हामीले पर्खनु छ।’

गृहमन्त्री श्रेष्ठले नक्कली शरणार्थी बनाई देशका नागरिकलाई बेच्ने कार्य सह्य नहुने बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org