ताजा समाचार

मधेश प्रदेश सभा बैठक माओवादीले बहिष्कार गर्ने

काठमाडौं । आज बस्ने मधेश प्रदेश सभा बैठक माओवादीले बहिष्कार गर्ने भएको छ ।

आज दिउँसो १ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममाथिको छलफल हुँदैछ । उक्त छलफलमा सहभागी नहुने माओवादीले जनाएको छ ।

प्रदेश सरकारले छलफल नै नगरी मनपरी रुपमा नीति तथा कार्यक्रम ल्याएकोले बहिस्कार गर्ने माओवादी केन्द्रका एक प्रदेश सांसदले जानकारी दिए ।

गत मंगलबार प्रदेश सभामा प्रस्तुत मधेश सरकारको नीति तथा कार्यममाथि आजदेखि छलफल गर्ने तयारी गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org