ताजा समाचार

सेवा आयोगका अध्यक्षमाथि आक्रमण गर्नेलाई कारबाही गर्न प्रगतिशील प्राध्यापक सङ्गठनको माग

काठमाडौँ । नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनले पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा.महेशराज दाहाल माथिको आक्रमण गर्नेलाई अविलम्ब कारबाही गर्न माग गरेको छ ।

बुधवार सङ्गठनका अध्यक्ष वेदराज केसी र महासचिव पद्यप्रसाद खतिवडाले विज्ञप्ति जारी गर्दै आयोग अध्यक्ष दाहालमाथि गरिएको अमानवीय व्यवहारको छानबिन गरी दोषीलाई अविलम्ब कारबाही गर्न माग गरेका हुन् ।

जेठ २९ गते पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष दाहालको निजी निवासमा एक हुल व्यक्तिहरू गुण्डागर्दी शैलीमा प्रवेश गरी आफूलाई सत्ताधारी राजनीतिक दलका विद्यार्थीको रूपमा प्रस्तुत गर्दै सेवा आयोगका अध्यक्षमाथि कालो मोसो छर्कने जस्तो अति अमानवीय घटनाको नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन घोर भर्त्सना गर्दछ’, सङ्गठनले विज्ञप्तिमार्फत भनेको छ ।

साथै शिक्षाको बागडोर सम्हालेका विश्वविद्यालयका पदाधिकारी माथि निरन्तर हुने आक्रमणहरूप्रति नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनले निरन्तर विरोध र खबरदारी गर्दै आएको जनाएको छ । सत्ताको उत्कट चाहना पूर्तिका लागि जे गर्न पनि तयार हुने प्रवृत्तिकै कारण नेविसङ्घकै नामबाट विगत देखि नै विश्वविद्यालयका पदाधिकारीमाथि कालो मोसो दल्ने, भक्तपुर क्याम्पस प्रमुखको कुर्सी र नेमप्लेट रूखमा लगेर झुन्ड्याउने लगायतका दण्डहीनता रोक्न पनि सङ्गठनले सरकारसँग माग गरेको छ ।

यस्तो छ विज्ञप्ति

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org