गौतमबुद्धको मावली क्षेत्र रूपन्देहीको देवदहमा प्राचीन इनार र मध्यकालीन अवशेष फेला
लुम्बिनी । गौतमबुद्धको मावली क्षेत्र रूपन्देहीको देवदहमा प्राचीन इनार र मध्यकालीन अवशेषहरू फेला परेका छन्। कोलिय गणराज्यको दरबारक्षेत्र दाबी गरिएको देवदह खयरडाँडामा लुम्बिनी विकास कोषले गत जेठ १७ गतेदेखि उत्खनन् थालेको थियो।
उत्खननको क्रममा कोलिय गणराज्यको दरबार क्षेत्र रहेको भन्ने दाबीलाई थप बलियो बनाउने गरी प्राचीन इनार र मध्यकालीन अवशेषहरू भेटिएको लुम्बिनी विकास कोषका पुरातत्व महाशाखा प्रमुख हिमाल उप्रेतीले जानकारी दिए।
उप्रेतीको नेतृत्वमा पुरातत्व विभागका हरि भुसाल, कोषका नवराज अधिकारी, चन्द्रप्रकाश पाठक, अन्तर हुसेन मुसलमान, शुभेच्छा पोखरेल, निशा पन्थी र अम्बिका सुब्बा उत्खनन कार्यमा खटिएका थिए।
उप्रेतीले जेठ १७ गतेदेखि असार १५ गतेसम्म गरिएको उत्खननको क्रममा प्राचीन इनार र मध्यकालीन भवनको अवशेष भेटिएको बताए। उप्रेतीका अनुसार सो क्रममा प्राचीन इनारसँगै धार्मिक प्रयोजनका लागि निर्माण गरिएको हुनसक्ने सभाहलमा प्रयोग गरिएका प्रशस्त इट्टा, माटोको दीयोहरू भेटिएका छन्।
‘प्राचीन इनारको प्रष्ट आकार देखिएको छ, धर्मदेशना गर्न निर्माण गरिएको हुनसक्ने भवनको संरचनामा प्रयोग गरिएको २ साइजका इट्टा भेटिएको छ,’ पुरातात्वविद् उप्रेतीले भने,‘मध्यकालीनजस्तो देखिने इट्टा भेटिएको हो, तर काल निर्धारणका लागि परीक्षणपछि पुष्टि हुनेछ।’
उत्खननमा ठूलो पर्खालको संरचना, माटोका दीयोको पिँध, इट्टाहरू प्रशस्त भेटिएको आधारमा खयरडाँडामा कुनै समयमा धार्मिक प्रयोगका लागि ध्यान केन्द्र वा कुनै ठूलो भवन भएको अनुमान गर्न सकिन्छ। स्थानीयहरूले भने देवदह ९ घोडाहास्थित खयरडाँडा क्षेत्र नै गौतमबुद्धको मावली कोलीय गणराज्यको राजधानीको दरबार क्षेत्र भएको बताउँदै आएका छन्।
उत्खननमा केही प्राचीन इनारसँगै ध्यानकेन्द्र जस्तो देखिने भवनको पर्खाल, पूजाका लागि राखिएका दीयोहरू प्रशस्त भेटिएकाले देवदहको दाबीलाई बल पुगेको बताइन्छ। तर, प्राचीन कोलिय गणराज्यको राजधानी देवदह क्षेत्रको यकिन पुष्टिका लागि भने ठूलो मात्रामा उत्खननको आवश्यकता रहेको विज्ञहरूको बताउँछन्।
लामो समयपछि कोषका तर्फबाट उत्खनन् सुरूआत भएकाले देवदहको खोजीका लागि ठूलो आकारको उत्खनन् आवश्यक पर्ने पुरातत्वविद् उप्रेतीको भनाइ छ। देवदह क्षेत्रमा उत्खननको माग भए पनि हुन सकेको थिएन।
देवदह क्षेत्रबाटै लुम्बिनी विकास कोषको कोषाध्यक्षमा सिद्धिचरण भट्टराई नियुक्त भएपछि बल्ल देवदहको उत्खननले प्राथमिकता पाएको हो। कोषाध्यक्ष भट्टराईले उत्खननले प्राचीन इनार र भग्नावशेषहरू फेला परेर देवदहको खोजीका लागि महत्वपूर्ण प्रमाण जुटाएको बताए।
उनले स्थानीयहरूले दरबार क्षेत्र नै खयरडाँडा क्षेत्र भएको बताए पनि उत्खननले प्राचीन क्षेत्रको रूपमा पुष्टि गरेको बताए।देवदह नगरभित्रका बैरीमाई, कन्यामाई र भवानीपुर बौद्धकालीन पुरातात्विक स्थलका रूपमा विगतको उत्खननले प्रमाणित गरिसकेका छन्। त्यहाँको पुरातात्विक स्थलहरूको संरक्षण गर्दै पर्यटकीय आकर्षणको केन्द्र बनाउन सकिने कोषाध्यक्ष भट्टराईले बताए।
देवदह नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा पनि बुद्ध सम्बद्ध विषयवस्तुको खोज, उत्खनन् तथा अनुसन्धान गरिने, लुम्बिनी विकास कोषसँगको सहकार्यमा पुरातात्विक क्षेत्रको उत्खननलाई निरन्तरता दिने उल्लेख गरेको छ। देवदह नगरपालिकाका नगर प्रमुख ध्रुब खरेलले उत्खननबाट प्राप्त भएका पुरातात्विक वस्तुहरूलाई संरक्षण गर्नका लागि संग्रहालय निर्माण गरिने बताए।
Comments
अरु समाचार
-
दुर्लभ कीर्तिमानी कायम गदै पूर्जा, ८ हजार मिटरभन्दा अग्ला १३ हिमाल बिना अक्सिजन आरोहण
काठमाडौं । पर्वतारोहणको क्षेत्रमा एकपछि अर्को दुर्लभ कीर्तिमानी कायम गदै आएका निर्मल पूर्जा ‘निम्स’ (एमबीइ)ले ८ हजार मिटरभन्दा अग्ला संसारका...
-
काठमाडौंमा अन्तर्राष्ट्रिय पर्यटन मेला आजदेखि सुरु
काठमाडौं । नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँको भृकुटीमण्डमा आजदेखि अन्तर्राष्ट्रिय पर्यटन मेला सुरु भएको छ । आज...
-
बन्दीपुर केवलकार व्यावसायिकरुपमा सञ्चालन
काठमाडौं । पर्यटकीय नगरी बन्दीपुर घुम्न आउने पर्यटक अब केवलकारबाट सहज र छिटो पुग्न सक्ने भएका छन् । परीक्षणका रुपमा...
-
चिनियाँ पर्यटक भित्र्याउन छन्दुमा प्रवर्द्धनात्मक कार्यक्रम
काठमाडौं । चिनियाँ पर्यटक आकर्षित गर्ने उद्देश्यले चीनको सिचुवान प्रान्तको राजधानी छन्दुमा प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरिएको छ । नेपालका होटल...
-
अन्नपूर्ण–धवलागिरि पदमार्गको घोप्टेखोलामा झोलुङ्गे पुल निर्माण
काठमाडौं । म्याग्दीको अन्नपूूर्ण र पर्वतको जलजला गाउँपालिकालाई समेटेको अन्नपूर्ण–धवलागिरि सामुदायिक पर्यावरणीय पदमार्गअन्तर्गत डाँडाकटेरीको घोप्टेखोलामा झोलुङ्गे पुल निर्माण भएको छ...
-
बेइजिङमा पर्यटन प्रवर्द्धन कार्यक्रम
काठमाडौं । चीनको राजधानी बेइजिङस्थित नेपाली राजदूतावासले नेपाल पर्यटन बोर्ड र होटल एसोसिएसन अफ नेपाल (हान) सँगको सहकार्यमा बेइजिङमा पर्यटन...
-
जेठो हिमाल आरोहणको ७४ वर्ष पूरा
काठमाडौं । नेपालको पर्वतारोहण पर्यटनको इतिहास जोडिएको म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७४ वर्ष पूरा भएको छ । म्याग्दी,...
-
एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक
काठमाडौं । सन् २०२४ को मे महिनामा ९० हजार विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले आज सार्वजनिक गरेको...
-
लुक्लामा पासाङल्हामु स्मृति ‘ग्यालरी’ स्थापना
काठमाडौं । राष्ट्रिय विभूति एवं पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाको स्मृति ‘ग्यालरी’ स्थापना गरिएको छ । उनको जीवनकालका...